close

मोबाइल फोटोग्राफीका विशेष फिचर सहित भिभो ट्वान्टी नेपाली बजारमा लञ्च हुँदै

टेकपाना टेकपाना

असोज ३०, २०७७ ९:१५

मोबाइल फोटोग्राफीका विशेष फिचर सहित भिभो ट्वान्टी नेपाली बजारमा लञ्च हुँदै

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा आफ्नो फ्ल्यागशिप भी सिरिजका नयाँ मोडेल सार्वजनिक गर्ने तयारी गर्दैछ ।

यसअघि भीभोले आफ्नो भी सिरिजमा धेरै ट्रेण्डसेटिङ स्मार्टफोन सार्वजनिक गरिसकेको छ । यसका प्रिमियम वर्गका फोनमा ग्राउण्ड ब्रेकिङ क्यामेरा इनोभेसन, स्लिक डिजाइन र अल्ट्रा स्मूथ पर्फमेन्स रहेका छन् ।

भी १७ प्रोलाई सार्वजनिक गरेर भिभोले स्मार्टफोन उद्योगमा विश्वको पहिलो ३२ मेगा पिक्सेलको डुअल पपअप सेल्फी क्यामेरा ल्याएको थियो, जसले स्मार्टफोनमा सेल्फीको क्षमतालाई नै पुन: परिभाषित गरेको दाबी कम्पनीकाे छ । 

यस्तै भिभोले आफ्नो बहुप्रतिक्षित नयाँ भी ट्वान्टी स्मार्टफोनको क्यामेरामा स्मार्टफोन उद्योगको लिडिङ आइ अटोफोकस फिचर ल्याएको छ, जसले मोबाइल फोटोग्राफीलाई अलग्गै स्तरमा पुर्‍याएको छ ।

भिभोको भी सिरिज आफ्नो स्लिक डिजाइनको लागि निकै लोकप्रिय छ । अझ भी ट्वान्टीमा अल्ट्रा स्लिक डिजाइन, हलुको र एकदमै फेसनेबल छ । 

प्राप्त जानकारी अनुसार भीभो ट्वान्टीले क्यामेरा तथा डिजाइन अन्वेषणको नयाँ आयामलाई बाहिर ल्याउने अपेक्षा गरिएको छ । जुन नेपालभरका सेल्फी प्रेमी तथा फोटोग्राफीमा रुची राख्नेहरुका लागि आकर्षणको केन्द्र बन्नेछ ।  

हालसम्म कुनै पनि आधिकारिक घोषणाबाहिर आएका छैनन्, तर हालसम्म प्राप्त जानकारी अनुसार भी ट्वान्टीमा इन्डस्ट्री लिडिङ आइ अटोफोकस फिचर रहने छ । 

सामान्य स्मार्टपोनहरुमा फिक्स्ड फोकस फिचर हुन्छन् । तर भी ट्वान्टीमा हुने यस इन्टेलिजेन्ट आइ अटोफोकस फिचरले भने फोटोग्राफीका लागि सम्भाव्यताको नयाँ खोलिदिएको छ ।

दिन होस् या रात असीमित क्यानभासको साथमा सार्प सिनेम्याटिक तस्वीर खिच्न फोटोग्राफरका लागि यसमा स्टेट अफ आर्ट क्यामेरा सेटअप डिजाइन गरिएको छ ।

फोनको क्यामेरामा अझै धेरै आधिकारिक खुलासा हुन बाँकी छ । तर, यसमा भएको आइ अटोफोकस फिचरले प्रयोगकर्ताहरुको मोबाइल फोटोग्राफीको अनुभवलाई अझ राम्रो बनाउँदै अल्ट्रा क्लियर र स्टनिङ सट्ट दिनेछ । 

फोनको स्लिक डिजाइन र आकर्षक लुक्ससँग मिल्ने सेन्सेसनल डुअल टोन स्टेप डिजाइनले स्मार्टफोनको पुरै लुक्सलाई नै पृथक रुप दिने कम्पनीले उल्लेख गरेकाे छ । 

भिभोले युवा, फेसन प्रेमी तथा गतिशिल युगको जीवनशैली सुहाउँदो डिजाइनहरु प्रदान गर्दै आइरहेको बताउँछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३