close

कोरोनाबारे अफवाह फैलाउने भिडियो हटाउँदै युट्युव

टेकपाना टेकपाना

असोज ३०, २०७७ १३:२१

कोरोनाबारे अफवाह फैलाउने भिडियो हटाउँदै युट्युव

काठमाडौं । युट्युवले कोभिड–१९ को भ्याक्सिनको विषयलाई लिएर अफवाह फैलाउने खालको भिडियो हटाउन थालेको छ । युट्युवको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्नो नीतिमा परिवर्तन गर्दै महामारीको समयमा भ्याक्सिन बनेको भन्दै अफवाह फैलाउने खालका भिडियोलाई हटाउने भएको हो ।

‘स्थानीय सरकार र विश्व स्वास्थ्य संगठनको मान्यता विपरित बनेको कोभिड १९ को भ्याक्सिनसँग सम्बन्धित भिडियोमाथि प्रतिबन्ध लगाइनेछ,’ कम्पनीले जारी गरेको स्टेटमेन्टमा भनिएको छ ।

कम्पनीका अनुसार कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने खोप भन्दै भिडियोहरू अपलोड भएका छन् । त्यस्ता भिडियोको विरुद्ध उजुरीसमेत आइरहेकाले यस्तो खालको कदम चालिएको उसले उल्लेख गरेकाे छ ।

महामारीको समयमा मान्छेसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य जस्तो विषयमा भ्रम फैलाउने खालका भिडियोले खतरा उत्पन्न गर्न सक्छ । त्यस्ता भ्रम फैलाउने भिडियोलाई हटाउने नीति कम्पनीले तय गरेको उल्लेख गरिएको छ ।

युट्युवका प्रवक्ता शाड्लुका अनुसार भ्रम फलाउने खालका भिडियो नै सबैभन्दा बढी हेरिने गरिन्छ । धेरैले हेर्न भएकाले त्यस्ता भिडियोले पार्ने प्रभावलाई मध्यनजर गरेर कम्पनीले यो निर्णय लिएको हो ।

त्यसका लागि कस्ता-कस्ता भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३