close

आईएमई पे प्रयोग गरी नेपमेड्समा औषधि किन्दा ३० प्रतिशत छुट

टेकपाना टेकपाना

असोज ३०, २०७७ १४:१५

आईएमई पे प्रयोग गरी नेपमेड्समा औषधि किन्दा ३० प्रतिशत छुट

काठमाडौं । मोबाइल वालेट कम्पनी आईएमई पे र स्वास्थ्य सामग्रीको अनलाइन सेवा प्रदायक कम्पनी नेपमेड्स बीच सहकार्य भएको छ ।

योसँगै नेपमेड्समा रहेका स्वास्थ्य सामग्री खरिद गर्दा आईएमई पे माफर्त गरिने भुक्तानीमा ३० प्रतिशतसम्म छुट प्राप्त हुने भएकाे छ ।

दशै शपिङ मेला अन्तर्गत आईएमई पेले यो सेवा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएको हो । कोभिड १९ का कारण कायम गर्नुपर्ने सामाजिक दुरीलाई मध्यनजर गर्दै आईएमई पे र नेपमेड्स बीच यस्तो सहकार्य भएको हो ।

सहकार्य अनुसार अनलाइनबाटै औषधि लगायतका स्वास्थ्य सामग्री अर्डर गर्दा ग्राहकले बढीमा तीन सय रूपैयाँसम्मको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३