close

दशैंमा घर जान चाहनेका लागि ‘ओके जर्नी’ को अनलाइनबाटै टिकट बुकिङ सुविधा

टेकपाना टेकपाना

असोज ३०, २०७७ १६:४६

दशैंमा घर जान चाहनेका लागि ‘ओके जर्नी’ को अनलाइनबाटै टिकट बुकिङ सुविधा

काठमाडौं । यसपालीकाे दशैंमा यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन ओके जर्नी प्रालिले अनलाइन र फोनबाटै टिकट बुक गर्ने सुविधा ल्याएकाे छ ।

कोरोना महामारीको सम्भावित प्रभावलाई न्यूनीकरण गर्न कम्पनीले टिकट बुकिङसँगै भाग्यशाली यात्रुलाई आईफोनदेखि सामसङ स्मार्टफोनसम्म उपहार दिने योजना ल्याएको छ ।

कम्पनीले यात्रुका लागि बस, सुमो, हाइस, स्कोर्पियो, कारका लागि टिकट बुकिङ वा हायर गर्न मिल्ने व्यवस्था ल्याएको हाे ।

यो सेवा वेबसाइट, एन्ड्रोइड एपफेसबुक पेजबाट बुक गर्न सकिन्छ । साथै मोबाइल नम्बर ९८४३७०३९६६ र ९८०६८२५५१६ मा सम्पर्क गरेर पनि टिकट बुक गर्न सकिन्छ । कम्पनीकाे वेबसाइट र एपबाट याे सेवा लिन मुख्य दुईवटा चरण पार गर्नुपर्नेछ ।

पहिलो चरण

  • गाडीकाे प्रकार छनाेट गर्नुहाेस् ।
  • जाने ठाउँ छनाेट गर्नुहाेस् ।
  • आउने ठाउँ छनोट गर्नुहोस् ।
  • मिति छनाेट गर्नुहाेस् ।
  • यात्रुकाे संख्या छनाेट गर्नुहाेस् ।
  • ‘सर्च’ क्लिक गर्नुहाेस् ।

दाेस्राे चरण

  • नाम इन्टर गर्नुहाेस् ।
  • माेबाइल नम्बर इन्टर गर्नुहाेस् ।
  • मिति इन्टर गर्नुहाेस् ।
  • म्यासेज इन्टर गर्नुहाेस् ।
  • सबमिट गर्नुहाेस् ।

सबमिट गर्रपछि ओके जर्नीले तपाईंका लागि चाहिने गाडीकाे विकल्प दिनेछ भने यात्रुला कल ब्याक गर्नेछ ।

पैसा कसरी तिर्ने ?

  • गाडीमै आएर तिर्न सकिन्छ ।
  • ईसेवा, खल्ती, आईएमई पे, मोबाइल बैंकिङ लगायतबाट यसको लागि पेमेन्ट गर्न सकिन्छ ।

पुरस्कारको व्यवस्था

  • पहिलो भाग्यशाली विजेतालाई आईफोन
  • दोस्रो भाग्यशाली विजेतालाई सामसङ स्मार्टफोन
  • तेस्रो भाग्यशाली विजेतालाई आउने/जाने टिकट निःशुल्क (ओके जर्नीबाट बुक गरिएको हुनुपर्ने)

उपलब्ध ठाउँ

याे सेवा देशका विभिन्न २० भन्दा बढी ठाउँमा उपलब्ध छ । काठमाडाैं, विराटनगर, काँकडभिट्टा, चितवन, इटहरी, नेपालगञ्ज, सर्लाही, राैतहट, पाेखरा, महेन्द्रनगर, रामेछाप, हुम्ला, जुम्ला, दाङ, रूकुम लगायतका ठाउँमा उपलब्ध हुनेछ ।

याे पनि पढ्नुहाेस् : नेपालीले बनाए इन्टरनेट बिना भिडियो हेर्न मिल्ने ‘ओकेट्युव’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३