close

उद्यम कसरी सुरु गर्ने विषयमा शनिबार भर्चअुल टक सिरिज हुँदै

टेकपाना टेकपाना

असोज ३०, २०७७ १९:१

उद्यम कसरी सुरु गर्ने विषयमा शनिबार भर्चअुल टक सिरिज हुँदै

काठमाडौं । हल्ट प्राइज आईओई र नेक्स्ट जेनकाे संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना हुने भएको छ ।

टक सिरिजको यो तेस्रो श्रृंखला हो । ‘स्टार्टिङ अ भेन्चर’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि सेलिब्रेटी अतिथिको रुपमा प्रतिक गौरी र प्रिती उपाला उपस्थित हुनेछन् ।

प्रतिक गौरी भारतका सामाजिक उद्यमी, लगानीकर्ता र सार्वजनिक वक्ता हुन् । उनी यसअघि ग्रिबिज ग्लोबल ३० अण्डर थर्टी, आन्टरप्रिनियर इन्डिया, टीईडीएक्समा फिचर भइसकेका छन् ।

साथै उनले भारतीय राष्ट्रिपतिको पाँचौं एलिमेन्ट ग्रुप- विश्व प्रभाव व्यवस्थापन परमर्शमा पनि सेवा गरिसकेका छन् । प्रतिक एक भिजनरी उद्यमी हुन्, जो व्यवसायले समाज तथा विश्वमा सकारात्मक परिवर्तन ल्याउने कुरामा विश्वास गर्छन् ।

प्रतिकको सोसल मिडियामा दुई लाख डेडिकेटेड फल्लोअर्सहरु छन् भने उनी वर्ल्ड इकोनोमिक फोरम, रियल लिडर्स म्यागजिन, टाइम्स अफ इन्डिया जस्ता धेरै लोकप्रिय म्यागेजिनमा पनि छाइसकेका छन् । 

यस्तै तेस्रो श्रृंखलामा मिस इन्डिया इन्टरनेश्नल २०१२ विजेता, अभिनेत्री तथा चलचित्र निर्मात्री प्रिती उपाला सेलिब्रेटी पाहुनाको रुपमा उपस्थित हुनेछिन् । 

प्रिती विगतमा एक इन्भेस्टमेन्ट बैंकर थिइन्, जो पछि हलिउडको कलाकार, टिभी प्रोड्युसर हुँदै उद्यमी बनेकी हुन् ।

उनले विश्वका ६० भन्दा धेरै मुलुकहरुको भ्रमण गरिसकेकी छन् । साथै उनी ग्लोबल ब्राण्ड कम्पनीहरु ओइनोभिभा, थिया रिजर्ट, ओरियन स्पा र क्लोई एण्ड इजाबेल ज्वेलरीको ब्राण्ड एम्बास्डर रहिसकेकी छिन् । उनी एक अद्यात्मिक चिन्तक पनि हुन् । 

कार्यक्रममा उनले भेन्चर सुरुवात गर्ने विषयमा आफ्नो धारणा, ज्ञान र अनुभव साट्ने छिन् । 

भोलि शनिबार दिउँसो २ देखि ४ बजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुन चाहानेहरुले यस लिङ्कमा गएर दर्ता गर्नु पर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३