close

गुगलको नयाँ फिचर, गीत गुनगुनाएरै गुगलमा सर्च गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १, २०७७ १०:१६

गुगलको नयाँ फिचर, गीत गुनगुनाएरै गुगलमा सर्च गर्न सकिने

काठमाडौं । सर्च इन्जिन गुगललाई प्रयोगकर्तामैत्री बनाउने क्रममा समय समयमा नयाँ नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले नयाँ फिचरको रुपमा भर्खरैमात्र गुगल सर्चमा गीत सर्च गर्नका लागि टाइप गरी राख्नुपर्ने झन्झटको अन्त्य गरेको छ ।

टाइप गरिराख्नु पर्ने झन्झट भन्दा तपाईंहरुले गुगल भ्वाइस सर्च त पहिले देखि नै थियो त भन्न सक्नु हुनेछ । पक्कै पनि, तर त्यसमा तपाईंले यस अघिसम्म गीतको नाम बोलेको खण्डमा मात्रै सर्च हुने अवस्था थियो ।

अब भने त्यसमा पनि नयाँ परिवर्तन आएको छ । थप भएको नयाँ फिचर अनुसार अब तपाईंले गुगल सर्चमा आफूलाई मनपर्ने गीत गुनगुनाएकै भरमा सर्च गर्न सक्नुहुने भएको छ ।

तपाईंले गाएको गीतको मेलोडीलाई पहिचान गरी गुगलले गीत सर्च गर्ने उल्लेख गरिएको छ । त्यसका लागि गुगल सर्चमा परिस्कृत मेसिन लर्निङ प्रविधिको प्रयोग गरिएको छ ।

यो फिचर आईओएस र एन्ड्रोइडका साथै गुगल एसिस्टेन्समा उपलब्ध भएको छ । त्यसका लागि स्मार्टफोन प्रयोगकर्ताले गुगलमा सर्चमा गएर त्यहाँ देखिन माइक्रोफोनमा क्लिक गरी ‘ह्वाट्स दिस सङ’ अथवा ‘सर्च ए सङ’ भन्नुहोस् ।

त्यस पश्चात आफूलाई मनपर्ने गीत १० देखी १५ सेकेण्डको लागि गुनगुनाउनु होस् । त्यो गर्दा तपाईंले गुनगुनाउनु भएको गीतको मेलोडीको आधारमा गुगलले गीत सर्च गर्नेछ ।

गुगलका अनुसार प्रयोगकर्ताले गीत गुनगुनाउँदा उत्कृष्ट नै हुने पर्छ भन्ने छैन् । गुगलले मेलोडीको आधारमा गीत सर्च गर्ने भएकाले गीत उच्चारणले त्यस्तो असर पर्नेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३