close

फोन पेको दशैं योजना, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

टेकपाना टेकपाना

कात्तिक १, २०७७ १३:५३

फोन पेको दशैं योजना, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका ’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।

कात्तिक १ गते घटस्थापनादेखि कात्तिक १४ गते पुर्णिमासम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा ५ लाख रूपैयाँ जित्न सकिनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पेले यस्तो योजना सुरु गरेको जनाएको छ । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिएको कम्पनीले जनाएको छ ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्भिस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३