close

सुरक्षा मजबुत पार्न टिकटकले सुरु गर्‍यो बग बाउन्टी कार्यक्रम

टेकपाना टेकपाना

कात्तिक १, २०७७ १८:५७

सुरक्षा मजबुत पार्न टिकटकले सुरु गर्‍यो बग बाउन्टी कार्यक्रम

काठमाडाैं । भारत, पाकिस्तान, इन्डोनेसिया जस्ता देशबाट प्रतिबन्ध खेपेकाे र अमेरिकी सरकारसँग चलिरहेको लडाईंका कारण भिडियाे एप टिकटक गाह्रो अवस्थामा छ। एकैपटक धेरै चुनाैतीसँग जुँधिरहेकाे कम्पनी निराशाको खाडलमा डुब्नुको सट्टा युद्धको मैदानमा सच्चा योद्धाको रूपमा लडिररहेकाे देखिन्छ।

आफ्नो छवि अझ राम्रो बनाउन टिकटक धेरै प्लेटफर्मसँग साझेदारीमा व्यस्त छ, जस्तै हालै ओपनस्लेटसँग विज्ञापनदाताकाे ब्रान्ड सुरक्षाका लागि टिकटकले साझेदार गरेकाे छ ।

अब यसले ह्याकरवानसँग साझेदारी गरी बग बाउन्टी कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। यो बग बाउन्टी कार्यक्रम पहिले नै चलिरहेको भल्नरेबिलिटी डिस्क्लाेजर कार्यक्रमकाे एक विस्तार भएकाे कम्पनीले बताएकाे छ ।

एक ब्ल्गपोस्टमा टिकटकले आफ्नो यस कार्यक्रमकाे उद्देश्यबारे बयान गर्दै ह्याकरवानसँगको साझेदारीले कम्पनीलाई सुरक्षा अनुसन्धानकर्ता, विशेषज्ञ, शिक्षाविद्हरू र बग र भल्नरेबिलिटी पत्ता लगाउन सक्षम अन्य स्वतन्त्र व्यक्तिहरूको सहयाेग प्राप्त गर्न मद्दत गर्दछ।

यो बाउन्टी प्रोग्रामले टिकटकका कराेडाैं प्रयोगकर्ताहरूलाई एप चलाउँदा थप सुरक्षा प्रदान गर्न मद्दत गर्दछ र सम्भावित जाेखिम र खतराबाट मुक्त गर्दछ ।

साइबर सुरक्षा र अनुसन्धान कम्पनीहरूबाट टिकटकले सहयाेग खाेजेकाे यो पहिलो पटक भने हाेइन । पहिले पनि टिकटकले साइबर आक्रमणबाट आफ्नो प्लेटफर्म सुरक्षा सुनिश्चित गर्न यस्ता उपाय अललम्बन गरेको छ।

टिकटक बाहेक अरू धेरै टेक कम्पनीहरूले सुरक्षा कम्पनीहरूबाट मद्दत लिन पटक-पटक बग बाउन्टी प्रोग्राम प्रस्तुत गरेका छन्।

टिकटक बग बाउन्टी प्राेग्रामकाे पाेलिसी थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३