close

महिलाका लागि एनसेलको विशेष सिम, आकर्षक बोनसदेखि आपतकालीन सुविधासम्म

टेकपाना टेकपाना

कात्तिक १, २०७७ २०:२

महिलाका लागि एनसेलको विशेष  सिम, आकर्षक बोनसदेखि आपतकालीन सुविधासम्म

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालीन अवस्थामा पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो ।

यो सिम ग्राहकले कात्तिक १ देखि नजिकैको एनसेल सेन्टरहरु तथा देशभरका एनसेलका आधिकारिक खुद्रा बिक्रेताहरुबाट सजिलै खरिद गर्न सक्नेछन् । यसका लागि ९९ रुपैयाँ मूल्य राखिएको छ ।

गो सिमको खरिदमा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा एसएमएस प्राप्त गर्नेछन् । यसका साथै ग्राहकले गो सिम मार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्नेछन् ।

ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातसम्ममा गरेको पहिलो १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसरी प्राप्त बोनस सात दिनका लागि मान्य रहनेछ ।

महिला केन्द्रीत पहिलो प्याक सुरु गर्न पाएकोमा आफूहरु निकै उत्साहित भएको एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवको भनाई छ । यसमा बन्डल सेवादेखि आपतकालीन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुमा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।

‘महिला सुरक्षा नै यो प्याक ल्याउनुको प्रमुख कारणहरु मध्येको एक हो । यसले महिला वर्गमा दूरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विशेषताले महिला सशक्तिकरणमा सहयोग पुर्‍याउने विश्वास हामीले लिएका छौ,’ श्रीवास्तवले भने ।

महिलाहरुलाई दूरसञ्चार सेवाको पहुँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् ।

प्राप्त बोनस सात दिनसम्मका लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन सक्नेछन् । यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालीन सञ्चार सेवाको विषेश सुविधा समेत रहेको छ ।

यसअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालीन सञ्चार सेवाको रुपमा सजिलै लिन सक्नेछन् ।

ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यो सेवा वापत कर सहित १० रुपैयाँ मेन ब्यालेन्स काटिने छ ।त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विशेष सुविधा पनि रहेको छ ।

जसअन्तर्गत प्रयोगकर्ताले आपतकालीन अवस्थामा आफूले चाहेका तीन वटा एनसेल नम्बरहरुमा आपतकालीन सन्देश पठाउन सक्नेछन् । गो सिम प्रयोगकर्ताले *१७१८०# डायल गर्ने बित्तिकै आफूले छानेका तीन वटा नम्बरहरुमा पूर्व निर्धारित आपतकालीन सन्देश ‘अर्जेन्ट आई निड हेल्प, प्लिज कल’ एसएमएस आपतकालीन सन्देशको रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जानेछ ।

ग्राहकले यसरी आपतकालीन सन्देश प्रवाह गर्नुपर्ने तीन वटा नम्बरहरुलाई *१७१८०*१# डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवा ग्राहकले आपलकालीन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।

थप आकर्षणका रुपमा गो सिम प्रयोग गर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधा समेत रहेको छ । यसबाट महिलाहरुले आफूलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् ।

यी विभिन्न आकर्षक सुविधाहरुको साथै, गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्न मनोरञ्जन सहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्नेछन् । गो प्रयोगकर्ताले *१७१०४# डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३