close

डिजिटल कर्णालीका लागि वर्ल्डलिङ्क र केबीसीएफबीच सहकार्य

टेकपाना टेकपाना

कात्तिक २, २०७७ ९:२३

डिजिटल कर्णालीका लागि वर्ल्डलिङ्क र केबीसीएफबीच सहकार्य

काठमाडाैं । डिजिटल कर्णाली बनाउन नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क र कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) बीच एक साझेदारी भएकाे छ ।

साझेदारी अनुरूप दुवै पक्षले कर्णाली क्षेत्रमा रोजगारी सिर्जना र स्थानीय उद्यमी एवं मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्‍याउन र आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सहकार्य गर्ने वाचा गरेका छन् ।

याे सहकार्यले कर्णाली र सुदुरपश्चिम प्रदेशको सामाजिक आर्थिक विकाससँगै डिजिटल डिजिटल कर्णाली निर्माणमा सहयाेग पुग्ने विश्ववास गरिएकाे छ ।

केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसर, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिजमलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छ भने वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवा विस्तार गरिरहेकाे छ ।

केबीसीएफका अध्यक्ष राधेश पन्तले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशीला निर्माण गर्नु महत्वपूर्ण भएकाे बताउँदै यस सम्बन्धमा डिजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो  पूर्वाधार आवश्यक भएको बताए ।

उनले कर्णाली क्षेत्रलाई विकास प्रक्रियामा अगाडि बढ्न र सहयोग गर्न याे साझ्रदार गरिएकाे जानकारी दिँदै अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिङ्क कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार भएकाे उल्लेख गरे ।

त्यस्तै, वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, सlमुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्‍याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने बताए ।

‘सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने’ वर्ल्डलिङ्ककाे मूल्य र मान्यतासँग पूर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई सघाएकाे उनले उल्लेख गरे ।

यो रणनीतिक साझेदारीले व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिने अपेक्षा लिइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३