२०७९, २५ श्रावण बुधबार   |  
Wednesday 10th August 2022

आफ्नो स्मार्टफोनमा यसरी प्रयोग गर्नुहोस् नयाँ पासवर्ड प्रोटेक्सन फिचर

काठमाडौं । गत हप्ता गुगलले आफ्नो इन्टरनेट ब्राउजर क्रोममा एउटा नयाँ पासवर्ड प्रोटेक्सन फिचर ल्याएको थियो । यो फिचरसँगै मोबाइल प्लेटफर्मका लागि ब्राउजरले तपाईंको सेभ भएको लगईन क्रेडेन्सियल, त्यस्ता लगईन डिटेलसँग दाँज्नेछ, जो यसअघि नै कम्प्रमाइज भइसकेका छन् ।

यदि त्यस्ता डिटेलसँग मिल्न गएको खण्डमा क्रोमले तपाईंलाई अलर्ट (सावधान) पनि गर्नेछ । साथै तपाईंको सहजताका लागि ब्राउजरले क्रेडिन्सियल चेक गर्न समेत सघाउँछ ।

कम्पनीले यो फिचर क्रोमको ८६ अपडेटको रुपमा एन्ड्रोइड तथा आईओएस दुवै स्मार्टफोनका लागि सार्वजनिक गरिसकेको छ । यसलाई सेफ्टी चेक नाम दिइएको छ ।

कम्प्रमाइज्ड पासवर्ड पत्ता लगाउन क्रोमले तपाईंको युजरनेम र पासवर्डको एउटा कपी गुगललाई पठाउनेछ । कम्पनीले दाबी गरेअनुसार यसक्रममा इनक्रिप्टेड कपीको रुपमा विशेष रुपमा पासवर्ड तथा लगईन डिटेल पठाउने प्रबन्ध मिलाइएको छ ।

त्यसपछि गुगलले त्यसलाई कम्प्रमाइज भइसकेका क्रेडेन्सियलको सूचीसँग दाँजेर हेर्ने गर्दछ । यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने गुगलले इन्क्रिप्टेड कपीको रुपमा तपाईंका त्यस्ता युजरनेम र पासवर्ड मात्रै चेकजाँच गर्न सक्छ, जसलाई तपाईंले क्रोममा सेभ गरेर राख्नुभएको छ ।

कसरी गर्ने प्रयोग ?

१. सुरुमा आफ्नो स्मार्टफोनमा गुगल क्रोम ब्राउजर खोल्नुहोस् ।

२. अब ब्राउजरको सेटिङमा जानुहोस् ।

३. त्यहाँ रहेको पासवर्डमा ट्याप गर्नुहोस् ।

४. अब अन्तिममा चेक पासवर्डमा दबाउनुहोस् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team