close

एकसाथ अगाडि र पछाडि दुवै क्यामेराबाट भिडियो खिच्न मिल्ने भिभो भी ट्वान्टी नेपालमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

कात्तिक २, २०७७ १४:२०

एकसाथ अगाडि र पछाडि दुवै क्यामेराबाट भिडियो खिच्न मिल्ने भिभो भी ट्वान्टी नेपालमा, कति छ मूल्य ?

काठमाडौं । भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भिभो भी ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । ४४ मेगापिक्सेल आई अटोफोकस क्यामेरा र अटोफोकस सहितको सेल्फी क्यामेराका साथ कम्पनीले आफ्नो प्रिमियम स्मार्टफोन नेपाली बजारमा ल्याएको हो ।

भी ट्वान्टी स्लिम र हलुका छ । ७.३८ एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको यो फोनले युवा प्रयोगकर्ताहरुको द्रुत गतिकाे जीवनशैलीलाई सहजता दिलाउने विश्वास कम्पनीले लिएकाे छ ।

यसमा ६४ मेगापिक्सेल क्यामेराको साथमा सुपर नाइट मोड पनि दिइएको छ । जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरीय तस्वीर खिच्न सक्दछ ।

३३ वाट फ्ल्याश चार्जरका साथ आएको भी ट्वान्टीमा दिनभर लगातार रुपमा प्रयोग गर्न सकिने ब्याट्री रहेको छ । भिभो नेपालले सेल्फीको क्रेज भएका फोटोग्राफी र सिर्जनामा रमाउनेहरुलाई लक्षित गर्दै यो स्मार्टफोन बजारमा ल्याइएको जनाएको छ ।

यसमा रहेको उत्कृष्ट फिचर र डिजाइनले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा नै बदलाव ल्याउने दाबी कम्पनीले गरेको छ ।

क्यामेरा

भी ट्वान्टीमा राखिएको अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस रहेको छ । जसले सेल्फीमा रमाउनेहरुका लागि एउटा नयाँ अनुभव दिलाउनेछ ।

स्मार्टफोनमा आई अटोफोकस युक्त फिचर भएको ४४ मेगापिक्सेलको क्यामेरा राखिएको छ । जसले सेल्फी लिँदा तस्वीरमा सधैं फोकस बनाइराख्छ ।

यसबाट गतिमा रहेको वस्तुहरुमा फोकस गर्न विशेष किसिमको अल्गोरिदम प्रयोग गरिएको छ । यसमा रहेको शक्तिशाली सब्जेक्ट–ट्र्याकिङ प्रविधिले फोटो र भिडियोहरुको गुणस्तरमा थप निखार ल्याउने गर्दछ ।

यो फिचरबाट सेल्फी प्रेमी र कन्टेन्ट सर्जकहरुले निकै लाभ उठाउन सक्ने कम्पनीले बताएको छ ।उत्कृष्ट अटोफोकस विशेषताका साथ प्रयोगकर्ताहरुले अँध्याँरो र कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट र उज्यालो सेल्फी लिन सक्नेछन् ।

भिभो भी ट्वान्टीको विभिन्न एक्स्पोजर र नोइज–क्यान्सिलेसन अल्गोरिदमले अँध्यारोमा पनि अनुहारको अत्याधिक विशिष्ट विवरणहरु सेल्फीमा कैद गर्न सक्छ ।

साथै, यसमा भएको औरा स्क्रिन लाइट ले स्वतः रुपमा उत्कृष्ट सेल्फीका लागी प्रकाश मिलाउँदै तस्वीरमा आकर्षक कलर टेम्प्रेचर र प्र्राकृतिक स्किन–टोन प्रदान गर्दछ ।

फोनमा राखिएको डुअल भ्यु भिडियो फिचरले फ्रन्ट र रियर दुवै क्यामेरा एकसाथ प्रयोग गरी भिडियो रेकर्ड गर्न सकिन्छ । यसले फ्रन्ट र रियर क्यामेराको फुटेजलाई आपसमा जोड्दछ । जसले गर्दा प्रयोगकर्ताहरुले एकै पटकमा दुईतर्फ बसेर अन्तक्रियात्मक भिडियोहरु सहजै रेकर्ड गर्न सक्दछन् ।

यसमा रहेको स्लोमो सेल्फी भिडियो फिचरबाट प्रयोगकर्ताले वास्तविक पलहरुलाई कैद गरी समयको गति नियन्त्रण गर्न सक्छन् । यो फिचरको सहयोगमा २४० एफपीएसको आनन्द लिँदै छिटो र ढिलो गतिमा स्विच गर्न सकिन्छ ।

यसैगरी भी ट्वान्टीमा रहेको स्टेडीफेस सेल्फी भिडियो फिचरको सहयोगमा फोटोग्राफी र भिडियोग्राफी अनुभवलाई सेल्फी भिडियोलाई थप पूर्ण तुल्याउँछ ।

यसले अनुहारमा फोकस केन्द्रीत गर्दछ र फोनबाट भिडियो खिच्दा हात वा शरीरको चालको कारणले हुने धमिलोपनलाई घटाउँदछ ।

यसमा रहेको फेस–डिटेक्सन अल्गोरिदमले भिडियो लिँदा स्थिरता प्रदान गर्दछ । साथै यो फोनमा फोरके सेल्फी भिडियो खिच्न सकिने फिचर समेत रहेको छ । जसबाट थप निखार सहितको भिडियो खिच्न सकिन्छ ।

यसले आकर्षक र लोभलाग्दा इफेक्टस्हरु प्रयोग गर्नको लागि एडिटिङ–टुल–किटसमेत प्रदान गर्दछ । त्यस्तै मौलिक रंग र फेस ब्युटीका लागि फोनमा मल्टी स्टाइल पोट्रेट र एआर स्टिकर फिचर दिइएको छ । जसले फाटो– स्टाइल–इफेक्टको एक विस्तृत विविधता सहितको रचनात्मकताको माग पूरा गर्दछ ।

फोनमा ६४ मेगापिक्सेलको मूख्य क्यामेरा राखिएको छ । साथमा ८ मेगापिक्सेलका मल्टी फंसन क्यामेरा पनि दिइएको छ । जसमा सुपर वाइड एंगल, बोके र सुपर म्याक्रो लिन सकिन्छ ।

सँगसँगै यसमा दुई मेगापिक्सेलको मोनो क्यामेरा समेत छ । मल्टी फङ्सनल क्यामेराले सुपर म्याक्रो, बोके र ब्ल्याक एण्ड ह्वाइट इफेक्टका साथै फोटोग्राफीको लागि अनेकौं परिवेश तयार पार्दछ ।

रियर क्यामेराको सुपर नाइट मोडको सहयोगमा विशेष प्रकारका फिल्टरबाट अन्धारमा लुकेको छायाँलाई पनि सहजै कैद गर्न सकिन्छ । यसमा रहेको ट्राइपोड नाइट मोडले स्थिरता र एक्सपोजर बढाँउछ । जसले गर्दा रातको सुन्दरता सहजै कैद गर्न सकिन्छ ।

यस्तै फोनको रियर क्यामेरामा रहेको मोसन अटोफोकस फिचरले गतिमा रहेका वस्तुलाई ट्र्याक गर्दछ । कुनै पनि व्व्यक्ति वा वस्तुमा मात्र दुई पटक ट्र्याक गरेपछि, पुरा फ्रेमभित्र निरन्तर फोकस बसिरहन्छ ।

डिजाइन

भी ट्वान्टी आफ्नो अल्ट्रा–स्लिक र स्टाइलिस कलर पल्लेटको साथमा आकर्षक देखिन्छ । ७.३८ एमएम अल्ट्रा स्लिक डिजाइन र २.५ डी को आकारमा रहेको यो फोन केवल १७१ ग्राम तौलको छ । यसमा ६.४४ इन्च एमोलेड फुल एचडी डिस्प्ले रहेको छ ।

एजी ग्लास प्रविधि र रचनात्मक त्रिकोणीय म्याट्रिक्स् क्यामेरा सेटअपले फोनलाई प्रिमियम लुक दिएको छ । एजी ग्लास प्रविधिले फोनको पछाडि भागमा राम्रो पकड दिन्छ ।

एजी मेट ग्लासले धुलोरहित र स्क्रयाच प्रतिरोधको कामसमेत गर्नुका साथै नरम स्पर्श पनि प्रदान गर्दछ । यसमा डुअल टोन स्टेप समेत राखिएको छ । जसले पछाडिको रियर क्यामेरालाई राम्ररी पातलो तहहरुमा संगठित छन् ।

भिभो भी ट्वान्टी मिडनाइट जाज र सनसेट मेलोडी गरी दुईवटा कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।

पर्फर्मेन्स

भी ट्वान्टीमा शक्तिशाली कम्प्यूटिङ उपकरणको रुपमा निर्माण गरिएको छ । क्वालकम स्नापड्रागन ७२० जी प्रोसेसर राखिएको यो फोनमा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ ।

साथै, यो फोनमा अपरेटिङ सिस्टम एन्ड्रोइड इलाभेनमा रन हुने गर्दछ । फोनमा ४००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसमा ३३ वाटको फ्ल्याश चार्जिङ प्रविधि प्रयोग गरिएको छ ।

यसमा पर्फर्मेन्सका लागि मल्टी टर्बो प्रविधि राखिएको छ । आइतबारदेखि नेपाली बजारमा आएको यो फोनको मूल्य ४७ हजार ९९० रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३