close

एन्ड्रोइड इलाभेनका यी ६ नयाँ फिचर, जसले सजिलो पार्नेछ तपाईंको दैनिकी

टेकपाना टेकपाना

कात्तिक २, २०७७ १५:२०

एन्ड्रोइड इलाभेनका यी ६ नयाँ फिचर, जसले सजिलो पार्नेछ तपाईंको दैनिकी

काठमाडौं । एन्ड्रोइड इलाभेन आधारित ह्याण्डसेटहरु विश्व बजारमा भित्रिने क्रममा छन् । याेसँगै इलाभेन भर्सनको अपरेटिङ सिस्टममा आधारित स्मार्टफोनमा धेरै फिचरहरु थप भइरहेका छन् ।

यी फिचरहरु यति शक्तिशाली र उपयोगी छन् कि यसले फोन प्रयोग गर्ने तरिकालाई समेत परिवर्तन गरिदिएको छ । यी नयाँ फिचरमध्ये केहीलाई भने एप्पलले पहिल्ये नै रोलआउट गरिसकेको छ ।

तर केही नयाँ फिचरले भने एन्ड्रोइडलाई आईफोनभन्दा पनि अगाडि पुर्‍याउन मद्दत गरेको छ । नयाँ एन्ड्रोइड भर्सनसँगै एप्पलको सिरी र अमेजनको एलेक्जाको कडा प्रतिस्पर्धी मानिएको गुगल असिस्टेन्ट टुल अझ धेरै सशक्त बनेको छ ।

आज हामी तपाईलाई नयाँ एन्ड्रोइड इलाभेनसँगै आएका ६ नयाँ अपडेट तथा रोचक फिचरहरुका बारेमा बताउने छौं ।

थर्ड पार्टी एपसँग काम गर्ने गुगल असिस्टेन्ट
एन्ड्रोइड इलाभेनसँगै अब प्रयोगकर्ताहरुले थर्ड पार्टी एपमा समेत गुगल असिस्टेन्ट टुलको सहयोग लिन सक्नेछन् ।

यसअघि गुगल असिस्टेन्टले एन्ड्रोइड फोनमा रहेका गुगलका एप्लिकेसनहरुमाथि मात्र काम गर्न सक्थ्यो तर एप्पलको सिरीले भने सबै किसिमका थर्ड पार्टी एपलाई समेत नियन्त्रण गर्न सक्थ्यो

गुगल असिस्टेन्टले हालै वालमार्ट, मिन्ट, स्पोटीफाई, इट्सी र डिस्कोर्ड लगायतका ३० वटा थर्ड पार्टी एपहरुसँग साझेदारीको घोषणा गरेको छ । आगामी दिनमा अझै धेरै एपहरुसँग साझेदारी गर्दै जाने कम्पनीले बताएको छ ।

कलर थाहा पाउन सकिने कल भेरिफिकेसन

अब एन्ड्रोइडको फोन कल एपमा केही नयाँ अपडेटहरु थप भएका छन्, जसको मद्दतबाट अज्ञात नम्बरबाट आएका फोनको कलरलाई पहिचान गर्न सकिन्छ । गुगलले फर्जी नम्बरको रुपमा पहिचान गरेको नम्बरबाट तपाईंको एन्ड्रोइड इलाभेन फोनमा कल आउँछ भने त्यस्ता कललाई यसले निषेध गरिदिन्छ ।

यसबाहेक कम्पनीले भेरिफाइड कल फिचर पनि ल्याएको छ । जसमा तपाईंले कसैलाई कल गर्दा तपाईको संस्थाको नाम, लोगो पनि सँगै देखाइदिन्छ ।

एन्ड्रोइडले नोइजलाई पुस नोटिफिकेसनमा टर्न गरिदिन्छ

यदि तपाईंको घरमा माइक्रो वेब, फायर अलार्म वा घरबाहिर कोही आएर घण्टी बजाउँदैछ, तर तपाईले आवाज सुन्नुभएको छैन भने एन्ड्रोइडको नयाँ साउण्ड नोटिफिकेसन फिचरले ती सबै आवाजलाई नोटिफिकेसनको रुपमा तपाईंको फोनमा पठाउनेछ ।

यो नयाँ फिचरले मसिन लर्निङ र फोनको माइक्रोफोनलाई प्रयोग गर्दछ । यसले विभिन्न १० किसिमका आवाजलाई पहिचान गर्दछ । एप्पलको आईओएस फाेर्टिनमा यस्तै किसिमको साउण्ड रिकग्निसन फिचर थप भएको छ ।

एन्ड्रोइडमा यसलाई टर्न अन गर्न तपाईंले सेटिङमा गएर एसेसिबिलिटी ट्याप गरी साउण्ड नोटिफिकेसलाई इनेबल गर्नुपर्दछ ।

एन्ड्रोइडमा गुगल टिभी

एन्ड्रोइड टिभीलाई हालै गुगल टिभीको रुपमा रिब्राण्ड तथा अपडेट गरिएको छ । यो टिभी नयाँ तथा पुराना फिचरहरु सहित एन्ड्रोइड डिभाइसहरुमा रोल आउट भइसकेको छ ।

गुगल टिभीले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको टिभीमा नेटफ्लिक्स, हुलु तथा लाइभ टिभी जस्ता धेरैवटा प्रोफाइडरहरु सर्च गर्न सकिन्छ ।

तपाईले ‘हेइ गुगल, फाइण्ड एक्सन मुभिज, सो मि स्काइ फाइ एड्भेन्चर टिभी सो’ आदि भनेपछि तपाईंको इच्छा अनुसार परिणाम आउँछन् ।

गुगल डुओमा स्क्रिन शेयरिङ र भिडियो भ्वाइस मेल

परिवारसँग सम्पर्क गर्न गुगलको डुओ मोबाइल अन्ली भिडियो कलिङ सर्भिस प्रयोग गर्नेका लागि खुशीको खबर छ । अब तपाईंहरुले यसमा स्क्रिन शेयरिङ र क्याप्सन सहितको भिडियो भ्वाइस मेल समेत पठाउन सक्नुहुन्छ ।

यस्ताे फिचर एप्पलको फेसटाइममा अझै उपलब्ध छैन । स्क्रिन शेयर गर्न तलपट्टिको दायाँ कुनामा रहेको थ्री डट बटनमा ट्याप गर्नुहोस् । त्यसपछि स्क्रिन शेयर ट्याप गरेपछि संवेदनशील जानकारी कलमा शेयर गर्नुहुन्छ भनेर पपअप हुन्छ ।

अब स्टार्ट नाउलाई ट्याप गर्नुहोस् । भिडियो म्यासेज छोड्न कल अनआन्सर भइन्जेलसम्म ६० सेकेण्ड पर्खनुहोस् वा त रिङ गइरहेको अवस्थामा  लिभ अ भिडियो म्यासेजमा थिचिरहनुहोस् ।

अनस्क्रिनमा देखिएका प्रोम्प्टहरुको पालना गर्नुहोस् र सेण्डमा ट्याप गर्नुहोस् । क्याप्सन अटोमेटिकल्ली एड हुन्छ ।

एक्सन ब्लक एपले तस्वीरलाई वाक्यमा परिवर्तन गरिदिन्छ

नयाँ एक्सन ब्लक एपले तस्वीर वा संकेतहरुको प्रयोग गरी त्यसलाई छोटो शब्दावलीमा परिणत गर्दछ । गुगलले यसलाई सेरेब्रल पाल्सी, डाउन सिन्ड्रोम, अटिज्म, अफासिया र अन्य आवाज सम्बन्धी समस्याबाट ग्रसित बिमारीहरुका लागि कृत्रिम आवाज भएको बताउँछ ।

यसलाई प्रयोग गर्न गुगल प्लेस्टोरबाट डाउनलोड गर्नुहोस् । एप्पलमा पनि यस्तै एप एपस्टोरमा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३