close

ईफार्मको भर्चुअल खसी मेला, भिडियो कलबाट छानेर अर्डर गर्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ ११:४७

ईफार्मको भर्चुअल खसी मेला, भिडियो कलबाट छानेर अर्डर गर्न मिल्ने

काठमाडौं । दशैंतिहारलाई लक्षित गर्दै ईफार्मले भर्चुअल खसी मेला सुरु गरेको छ । यससँगै उपभोक्ताले ईफार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर खसी तथा च्याङग्रा छनोट गरी अर्डर गर्न सक्ने भएका छन्।

उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म चल्नेछ ।

कोरोना भाइरसको महामारीको अहिलेको समयमा बजारमा गएर खसी किन्नु जोखिमपूर्ण छ । त्यसैले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सक्ने, खसीको रङसमेत छान्न सकिने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए ।

उपभोक्ताको मागअनुसार खसी जिउँदै अथवा काटेर सफा गरेर डेलिभरी गरिने उनको भनाई छ । ईफार्मको वेबसाइटबाट र ९८०१८५५५०५ मा फोन गरेर पनि अर्डर गर्न सकिनेछ ।

ईफार्मले केही साताअघि देखि नै अनलाइनबाट खसी बोकाको प्रि–बुकिङ सुरु गरेको थियो । फार्मबाट खसी किन्दा  एनआईसी एसिया बैकंका प्रयोगकर्ताहरुले पाँच प्रतिशत वा एक हजार रुपैयाँसम्म छूट पाउनेछन् ।

त्यस्तै जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन केजीभन्दा बढीको अर्डर दिन सक्ने कम्पनीले जनाएको छ । अर्डरमा होम डेलिभरीको सुविधा समेत छ ।

धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा ईफार्ममा उपलब्ध छ । उपभोक्ताले फार्ममै आउन चाहेको खण्डमा सामाजिक दुरी कायम गरेर एक-एक जनालाई फार्म प्रवेश गराउने सुविधा समेत रहेको छ ।

करिब ११ रोपनी जग्गामा फैलिएको ईफार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ । गत वर्ष खसी र च्यांग्रा बिक्री गर्दै सुरु भएको ईफार्मले अन्य कृषि उत्पादन समेत थप्दै सेवा विस्तार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३