close

नक्कली म्याकफी सफ्टवेयरबाट अमेरिकामा मालवेयर फैलाउँदै चिनियाँ ह्याकर

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १५:३

नक्कली म्याकफी सफ्टवेयरबाट अमेरिकामा मालवेयर फैलाउँदै चिनियाँ ह्याकर

काठमाडौं । चिनियाँ सरकारसँग सम्बन्धित ह्याकरहरुले नक्कली म्याकफी एन्टिभाइरस सफ्टवेयर बनाएर प्रयोगकर्ताको डिभाइसमा मालवेयरबाट संक्रमण फैलाइरहेकाे गुगलले बताएको छ ।

एक ब्लग पाेस्टमा गुगलले यस वर्षको सुरूमा फिसिङ आक्रमणबाट अमेरिकाका पूर्व उपराष्ट्रपति जो बिडेनको राष्ट्रपति अभियानलाई असफल बनाएको ह्याकर समूह नै यो काममा लागेको उल्लेख गरेको छ ।

इरानका यस्तै प्रकारको ह्याकर समूहले अमेरिकी राष्ट्रपति ट्रम्पको अभियानलाई निशाना बनाउने प्रयास गरेको थियो, तर त्यो असफल भएको थियो ।

यो समूहलाई गुगलले एपीटी ३१ (एडभान्स पर्सिटेन्स थ्रेट ३१) को नाम दिएको छ । यसअन्तर्गत प्रयोगकर्ताहरूलाई ईमेल लिंक दिइन्छ, जसको क्लिक गर्दा गिटहबमा होस्ट गरिएको मालवेयर डाउनलोड हुन्छ ।

यसपछि ह्याकरले फाइलहरू अपलोड र डाउनलोड गर्न र आफ्नाे कमान्ड एक्जिक्युट गर्न अनुमति पाउँछन् ।

याे समूहले आक्रमण गर्न गिटहब र ड्रपबक्सजस्ता सेवा प्रयोग गरेको हुनाले तिनीहरूलाई ट्र्याक गर्न अझ गाह्रो भएकाे उल्लेख गरिएकाे छ ।

अमेरिकी चुनावको सन्दर्भमा यस्ता एपीटीहरूले थप खतरा निम्त्याउनेतर्फ गुगलले सचेत पनि गराएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३