close

१२ जीबी र्‍याम सहित ‘रेड्मी के थर्टी एस’ लञ्च हुँदै, यस्ता छन् आकर्षक फिचर

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १५:५२

१२ जीबी र्‍याम सहित ‘रेड्मी के थर्टी एस’ लञ्च हुँदै, यस्ता छन् आकर्षक फिचर

काठमाडौं । साओमीले नयाँ स्मार्टफोन रेड्मी के थर्टी एस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मी टेन टी को रिब्राण्ड भर्सनमा यो फोन आउनेछ ।

रेड्मी के थर्टी एस स्मार्टफोन हालै चीनको नियामक एजेन्सी टीईएनएएमा सूचीकृत भएको छ । सूचीकृत भएसँगै यो स्मार्टफोनको स्पेसिफिकेसन र डिजाइन पनि लिक भएको छ ।

यो ह्याण्डसेटलाई मोडेल नम्बर एम २००७ को रुपमा सूचीकृत गरिएको छ । जसमा ६४ मेगापिक्सेलको क्यामेरा हुनेछ ।

यस्ता छन् अन्य फिचर

रेड्मी के थर्टी एस तीनवटा स्टोरेज अप्सनको रुपमा आउनेछ । जसमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज, ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेजको विकल्प हुनेछ ।

स्मार्टफोनमा ६.६७ इन्चको एलसीडी डिस्प्लेका साथै फुल एचडी प्लस रेजोलुसन हुनेछ । फोनमा इनस्क्रिन फिङ्गरप्रिन्ट सेन्सर राखिने बताइएको छ ।

यसमा १२० हर्जको रिफ्रेश रेटको सपोर्ट हुन सक्नेछ । यसको आस्पेक्ट रेशियो २०ः९ हुनेछ । एन्ड्रोइड टेनमा आधारित एमआईयूआई इलाभेनमा काम गर्ने यो फोनमा ब्रान्ड न्यु क्वालकम स्नापड्रागन ७६८ एसओसीका साथ आउने संभावना छ ।

यसमा ग्राफिक्सका लागि एड्रिनो ६२० जीपीयूको प्रयोग हुनेछ । फोनमा फाइभजी कनेक्टिभिटीका साथै यूएसबी टाइप सी पोर्ट, ब्लुटुथ र एनएफसी रहनेछ । फोनमा सेक्युरिटीका लागि साइड माउन्डेड फिङ्गरप्रिन्ट सेन्सर राखिनेछ ।

याे स्मार्टफोनको रियर प्यानलमा क्वाड क्यामेरा सेटअप (चारवटा क्यामेरा भएको) हुनेछ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सेलको टेलिफोटो तथा डेप्थ सेन्सर र २ मेगापिक्सेलको म्याक्रो सेन्सर रहनेछ ।

फोनमा सेल्फीका लागि डुअल पन्चहोल क्यामेरा सेटअप हुने आशा गरिएको छ । जसमा २० मेगापिक्सेलको प्राइमरी क्यामेरा र दुई मेगापिक्सेलको सेकेन्डरी सेन्सर हुनसक्छ ।

फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३