close

फाइभजी स्मार्टफोन सार्वजनिक गर्दै जिओ, मूल्य केवल ४८ सय रुपैयाँ !

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १७:२

फाइभजी स्मार्टफोन सार्वजनिक गर्दै जिओ, मूल्य केवल ४८ सय रुपैयाँ !

काठमाडौं । रिलायन्स जिओले चाँडै नै भारतीय बजारका लागि एन्ड्रोइडमा आधारित फोरजी तथा फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । सस्तो मूल्यको फाइभजी फोनको रुपमा आउने यो ह्याण्डसेटको मूल्य तीन हजार रुपैयाँ भारु अर्थात ४८ सय नेपाली रुपैयाँमै उपलब्ध हुने बताइएको छ ।

फाइभजी स्मार्टफोन अघि जिओको फोरजी स्मार्टफोन सार्वजनिक हुनेछ । कम्पनीले फोनको बिक्री बढेको खण्डमा त्यसको मूल्य २५ सय रुपैयाँदेखि तीन हजार रुपैयाँ भारुमा उपलब्ध गराउने विभिन्न रिपाेर्टले उल्लेख गरेका छन् ।

हाल फाइभजी स्मार्टफोनको मूल्य भारतमा ४० हजार रुपैयाँमाथि छ । जिओ फाइभजी स्मार्टफोन भारतमा कहिले सार्वजनिक हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । तर मिडिया रिपोर्टहरुमा २०२१ सम्म यो स्मार्टफोन सार्वजनिक हुने दाबी गरिएको छ ।

ब्लुमबर्गको एक रिपोर्टमा जिओ एन्ड्रोइडमा आधारित फोरजी स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ । जिओ फोरजी स्मार्टफोन भारतमा यसै सालको डिसेम्बरमा सार्वजनिक हुनेछ ।

कम्पनीकाे फोरजी स्मार्टफोनको मूल्य चार हजार रुपैयाँ हुनेछ । कम्पनीले आउँदो दुई वर्षमा करिब २० करोडभन्दा बढी स्मार्टफोन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

जिओले एन्ड्रोइडमा आधारित फोरजी स्मार्टफोन सार्वजनिक गर्नका लागि गुगलसँग सहकार्य गरेको छ । जसबाट कम मूल्यमै भारतीय बजारमा फोरजी र फाइभजी स्मार्टफोन उपलब्ध गराउने योजना बनाइएको छ ।

यी फोनहरुमा एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम हुनेछ । जिओमा गुगलले गत जुलाईमा ३३ हजार ७३७ करोड भारु लगानी गरेको थियो ।

जिओ आफैं फाइभजी नेटवर्कका लागि आवश्यक उपकरणमा समेत काम गरिरहेको छ । कम्पनीले भारतको टेलिकम विभागसँग चाँडोभन्दा चाँडो फाइभजी स्पेक्ट्रम बढाबढ गर्न माग गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३