close

डिशहोमको रिचार्जमा ५ सय रूपैयाँसम्म क्यासब्याक

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १८:२७

डिशहोमको रिचार्जमा ५ सय रूपैयाँसम्म क्यासब्याक

काठमाडाैं । कार्तिक ३ गतेदेखि लागू हुने गरी डिशहोमले आफ्नो फण्ड ट्रान्सफर मार्फत एकमुष्ट रिचार्जमा क्यासब्याक अफर योजना ल्याएको छ ।

डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सफर मार्फत तीन महिनाको रिचार्जमा एक सय रूपैयाँ, ६ महिनाको रिचार्जमा दुई सय ६५ रूपैयाँ, एक वर्षको रिचार्जमा तीन सय ६५ रूपैयाँ र दुई वर्षको रिचार्जमा पाँच सय रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

यो क्यासब्याक अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमाघर इन्टरनेश्नल च्यानल नं. ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुईहप्ता भित्रमा प्रयोग गर्न सक्नेछन्।

यसैगरी नियमित सञ्चालन भइरहेको फण्ड ट्रान्सफर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्की ड्र मार्फत दुईजना ग्राहकले एक लाख रुपैयाँ जित्ने अवसरमा पनि भाग लिन पाउने छन्।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३