close

साइबर एलायन्स फर म्युचल प्रोग्रेसको सदस्यमा सिएसआरआई नेपाल

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ २१:४८

साइबर एलायन्स फर म्युचल प्रोग्रेसको सदस्यमा सिएसआरआई नेपाल

काठमाडाैं । साइबर एलायन्स फर म्युचल प्रोग्रेस (क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सिएसआरआई नेपाल) सदस्यमा निर्वाचित भएको छ ।

क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४ मा आयोजना भएको क्याम्पको पाँचौँ वार्षिक बैठकबाट सिएसआरआई नेपाल सदस्यमा निर्वाचित भएको हो।

क्याम्पले आफ्नो अक्टोबर २०२० को आधिकारिक क्याम्प न्यूजलेटर नं. १९ सार्वजनिक गर्दै सिएसआरआईलाई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो ।

सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भएअनुसार नेपालकाे साइबर सेक्युरिटीमा काम गर्ने याे संस्थालाई नयाँ सदस्यमा स्वागत गरिएको छ ।

यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए ।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस (क्याम्प)को सदस्यमा हाल ४६ देशका ६१ सरकारी, सार्वजनिक निकाय तथा मुनाफारहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३