close

डिसेम्बरदेखि ट्रस्टेड कन्ट्याक्ट सर्भिस बन्द गर्दै गुगल

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १०:०

डिसेम्बरदेखि ट्रस्टेड कन्ट्याक्ट सर्भिस बन्द गर्दै गुगल

काठमाडौं । गुगलले आफ्नो प्ले स्टोरबाट ट्रस्टेड कन्ट्याक्ट एपलाई हटाउने भएकाे छ । २०१६ मा पहिलोपटक सार्वजनिक भएको उक्त एपले सेलेक्टेड कन्ट्याक्टभित्र आफ्नो डिभाइसको एक्टिभिटी स्टाटस र लोकेसन शेयर गर्ने तरिका प्रयोगकर्तालाई प्रदान गर्दै आइरहेको छ ।

तर अब यो दुवै गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट बाहिरिने भएकाे छ । गुगलले यो एपलाई आगामी डिसेम्बर १ देखि सपोर्ट नगर्ने बताएको छ । 

आफ्नो प्रडक्ट र सर्भिसलाई अप्टिमाइज गर्न विभिन्न उपाय श्रृंखला अपनाउने क्रममा गुगलले यो एपलाई हटाउने भएकाे हो । वास्तवमा ट्रस्टेड कन्ट्याक्टले गुगलका अन्य दुई लोकेसन शेयरिङ एपहरु गुगल ल्याटिट्यूड र गुगल प्लस लोकेसन शेयरिङको पदचाप पछ्याउँदै आइरहेको छ । 

यो एप सबैभन्दा पहिले एन्ड्रोइड प्रयोगकर्ताका लागि प्ले स्टोरमा राखिएको थियो । पछि एप्पल एप स्टोरको माध्यमबाट आईओएस प्रयोगकर्ताका लागि पनि यसलाई उलब्ध गराइएको थियो ।

त्यसपश्चात यसलाई गुगल म्यापसँग एकीकृत गरिएको थियो, तब यसले इमेल एड्रेसबाट ट्रस्टेड कन्ट्याक्टहरुलाई एड गर्ने फिचरहरु प्रदान गरेको थियो । तर यसले विस्तारै आफ्नो चमक गुमाएको थियो ।

अहिले ट्रस्टेड कन्ट्याक्ट एप इन्स्टल गरेर प्रयोग गरिरहेका प्रयोगकर्ताहरुले डिसेम्बर १ बाट यसको सेवा लिन सक्ने छैनन् । आफ्नो ट्रस्टेड कन्ट्याक्टको सूची डाउनलोड गर्न चाहने प्रयोगकर्तासँग अझै डिसेम्बर १ सम्मको समय छ । 

यस्तै गुगलले आफ्नो एप ह्याङआउटलाई पनि बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले ह्याङआउटका आफ्ना प्रयोगकर्तालाई गुगल च्याटमा सिफ्ट गर्ने योजना बनाएको छ । गुगल च्याट रिब्राण्ड गुगल वर्क प्लेसको एउटा हिस्सा हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३