close

एनएमबी बैंकले वायोमास पेलेट परियोजनामा लगानी गर्ने

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १३:१७

एनएमबी बैंकले वायोमास पेलेट परियोजनामा लगानी गर्ने

काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिद्धारा प्रवर्द्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रालिसँग वायोमास पेलेट उत्पादन गर्न १६ करोड बराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ ।

बैंकले प्रदान गर्ने कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेशिन खरिद गर्ने कार्यमा र चालु पुँजीमा उपयोग गर्ने छ ।

बकस रिन्युएबल ईनर्जीलाई इन्टरनेशनल फाइनान्स कर्पोरेशनद्वारा प्रवर्द्धित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सिजन प्रालिले परियोजना विकास गर्न इक्विटीका रुपमा ५ करोड र बकस रिन्युएबल इनर्जी कम्पनिका प्रमोटरद्धारा ५ करोड बराबरको लगानी रहेको छ ।

यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ ।

बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ ।

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं ५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९ हजार ८ सय २४ मेट्रिक टन बराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडीहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ ।

वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडी जस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिसकेको छ ।

प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडी तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।

बिजनेश अक्सिनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले यसवाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुक भित्र नै कोईलाको विकल्प तयार हुने बताए ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले कोईला तथा जीवावशेष ईन्धनको उपयोग कटौति गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवद्र्घन गर्ने क्षेत्रमा लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाऊँदा अत्यन्त खुशी भएको बताए ।

यस्ता परियोजनाहरूले वास्तविक रुपमा समाजको तल्लो तहसम्म पुगी विपन्न वर्गको जीवन रुपान्तरण गर्ने र भविष्यमा पनि यस्ता परियोजनाहरूमा लगानी गर्ने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३