close

एन्ड्रोइड फोनमा अब आफैंले बनाउनुहोस् इमोजी

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १३:५९

एन्ड्रोइड फोनमा अब आफैंले बनाउनुहोस् इमोजी

काठमाडौं । २०२० को सुरुवातमा गुगलले जीबोर्डलाई विस्तार गर्न इमोजी किचेन सार्वजनिक गरेको थियो । जसबाट तपाईंले पोस्ट गरेका इमोजीहरुको समायोजनमा आफ्नो इच्छा अनुसारको नयाँ इमोजी स्टिकर बनाउन सक्नुहुन्थ्यो । 

गुगलले अब इमोजी किचेनमा व्यापक नयाँ अपडेट ल्याउने भएको छ । नयाँ अपडेटले इमोजी किचेनको काम गर्ने तरिकामा परिवर्तन ल्याउने छ । अब धेरै इमोजी अप्सनमा एउटा इमोजी चयन गर्नको सट्टा तपाईले दुई भिन्न इमोजी चयन गरेर त्यसलाई मिलाएर नयाँ इमोजी तयार गर्न सक्नुहुन्छ । 

नयाँ अपडेटमा इमोजीलाई कस्टमाइज गर्न तपाईं आफैले इमोजी चयन गर्न सक्नुहुन्छ । अब गुगलले तपाईंलाई हस्तक्षेप गर्दैन । तपाईंले दुई उस्तै इमोजी चयन गरेर पनि त्यसको ‘एक्सट्रिम भर्सन’ तयार गर्न सक्नुहुन्छ । 

अहिलेको पुरानो भर्सनको इमोजी किचेनले सबै इमोजीमा स्वतः काम गर्दैन । यसमा कतिपय इमोजीलाई तपाईंले समायोजन गर्न सक्नुहुँदैन । तर यो परिवर्तन हुने देखिन्छ । नयाँ अपडेटले तपाईंलाई धेरै आइनकहरुलाई परिस्कृत गर्न सहयोग गर्दछ । 

उदाहरणका लागि तपाईंले बाँदर र फूलको छुट्टाछुट्टै इमोजीलाई मिलाएर एउटा कम्बो इमोजी बनाउन सक्नुहुन्छ । 

अहिले जीबोर्डमा यो नयाँ अपडेट बेटा भर्सनमा चलिरहेको छ । नयाँ इमोजी एन्ड्रोइड इलाभेनमा उपलब्ध छ । जब तपाई नयाँ अपरेटिङ सिस्टममा अपग्रेड गर्नुहुन्छ तब तपाईले सबै एन्ड्रोइड इमोजीलाई प्रयोग गर्नसक्नुहुन्छ ।

तर एन्ड्रोइड इलाभेन अहिले सबै फोनमा उपलब्ध छैन । यदि तपाई पिक्सल फोन प्रयोगकर्ता हुनुहुन्छ भने यो अपग्रेड तपाईलाई उपलब्ध हुनेछ । अन्य स्मार्टफोनमा भने २०२१ को सुरुवातमा यो अपग्रेड आउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३