२०७९, २४ श्रावण मंगलबार   |  
Tuesday 9th August 2022

सामसङको ‘बडा दशैं, बिग धमाका’ : तनहुँकी कल्पनाले जितिन् पहिलो होण्डा हर्नेट १६०आर

काठमाडौं । सामसङले चाडपर्वको अवसरमा प्रस्तुुत गरेको “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।

बिग धमाका अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत पाँचवटा होण्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट ट्वान्टी प्राप्त गर्न सक्नेछन् ।

पहिलो ‘साप्ताहिक ‘बिग धमाका‘ अन्तर्गतको होण्डा हर्नेट १६०आर विजेता सिरियल नम्बर तनहुँ आँबुुखैरेनी निवासी कल्पना थापा बनेकी छिन् । 

त्यस्तै पहिलो ‘साप्ताहिक बिग धमाका’ अन्तर्गत ग्यालेक्सी नोट ट्वान्टीको लागि लक्की ड्र विजेताहरु तनहुँ दमाैलीकी मेनुका थापा र गाेरखाका राजन भट्टराई रहेका छन् ।

यो योजना असोज १६ गते देखि प्रारम्भ भई मंसिर २ गते सम्म रहने छ । सामसङ मोबाइलका नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेलहरुबाट खरिद गरी यो योजनामा सहभागी हुन सकिने छ ।  

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team