close

डिजिटल भुक्तानीका लागि एससीटी र नेपाल फाइनान्सबीच सहकार्य गर्ने सम्झौता

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ २०:४८

डिजिटल भुक्तानीका लागि एससीटी र नेपाल फाइनान्सबीच सहकार्य गर्ने सम्झौता

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र “ग” वर्गको इजाजतपत्र प्राप्त नेपाल फाइनान्स लिमिटेडबीच भुक्तानी र फर्छ्याैटकाे क्षेत्रमा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ ।

यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा यी संस्थाले लिएका छन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड काम गरिरहेकाे छ ।

नेपाल फाइनान्स लिमिटेडले लामाे समयदेखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा दिइरहेकाे छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यबाट नेपाल फाइनान्स लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ ।

एससीटीसँगको सहकार्यबाट उपलब्ध हुने चिप बेस एटीएम कार्डको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, ईकमर्सजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३