close

आईफोनमा यसरी लुकाउनुहोस् आफ्नो फोटो

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ ८:२४

आईफोनमा यसरी लुकाउनुहोस् आफ्नो फोटो

काठमाडौं । एप्पलले आईओएस १४ सार्वजनिक गरेयता यसको होम स्क्रिनले धेरैको ध्यानाकर्षण गरेको छ । अब तपाईंले आईओएस १४ र आईप्याड ओएस १४ भर्सनका आईफोन र आईप्याडमा आफ्ना तस्वीरहरु लुकाउन सक्नुहुनेछ ।

चाहे त्यो कुनै स्क्रिनसट्स होस् या कुनै मिम वा कुनै तपाईका गोप्य तस्वीर, अब तपाईंले सबै तस्वीरलाई गोप्य राख्न सक्नुहुन्छ ।

आईओएस १४ मा तस्वीर कसरी लुकाउने ?

आईओएसको यो भर्सनमा तपाईंले लुकाउन चाहेको फोटो खोज्न सक्नुहुन्छ । त्यहाँ रहेको शेयर बटन प्रयोग गरी शेयर सिटलाई ल्याउनुहोस् ।

अब ‘हाइड’ लेखिएको बटनमा ट्याप गरी फोटोलाई जनरल लाइब्रेरी भ्युबाट लुकाउनुहोस् । 

तर तपाईंको फोन ‘हिडन एल्बम’ मा अझै देख्न सकिन्छ भनेर नोटिफिकेसन आउनेछ । यसको अर्थ यो केही भागमा मात्र लुकेको हुन्छ । 

तपाईंको हिडन एल्बम फोटोज एपबाट सजिलै देख्न सकिन्छ । एल्बममा रहेको भ्यु र त्यस मुनि रहेको युटिलिटिजबाट ती फोटोहरु देख्न सकिन्छ । तर आईओएसमा १४ मा यो एल्बमलाई समेत पूर्ण रुपमा लुकाउने सुविधा छ । 

यसका लागि सेटिङ एपमा जानुहोस् । त्यहाँबाट फोटोमा गएर ‘हिडन एल्बम’ मा रहेको टोगलमा जानुहोस् । जब त्यो टोगललाई स्विच अफ गर्नुहुन्छ । युटिलिटिज एल्बममा रहेको तपाईंका सबै फोटोहरु लुक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३