close

स्मार्टफोनका ५ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ १२:२९

स्मार्टफोनका ५ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

काठमाडौं । सामान्यताः स्मार्टफोनका धेरैजसो फिचर प्रयोगकर्तालाई थाहा भएकै हुन्छन् र आवश्यकता अनुसार प्रयोग गरिरहेका पनि हुन्छन् ।

तर स्मार्टफोनमा केही यस्ता फिचर पनि हुन्छन्, जो उपयोगी भए पनि धेरैलाई थाहै हुँदैन । आज हामी तपाईंलाई स्मार्टफोनका त्यस्तै ५ वटा ट्रिक्स बताउँदै छौं ।

१. भिडियोसँगै फोटो खिच्ने

यदि तपाईं स्मार्टफोनबाट भिडियो बनाइरहनु भएको छ र त्यसै समय फोटो खिच्नु चाहनुहुन्छ भने भिडियो बन्द गर्न जरुरी हुँदैन ।

फोनमा भिडियो रेकर्ड गरिरहँदा फोटोको आइकन देख्न सक्नुहुन्छ र त्यसमा ट्याप गरेर सहजै भिडियो रेकर्डिङकै समयमा फ्रेमभित्र रहेको दृश्यको स्थिर तस्वीर कैद गर्न सक्नुहुन्छ । यद्यपि याे फिचर सबै स्मार्टफाेनमा नहुन सक्छ ।

२. स्क्रिन जुम

यदि तपाईंको आँखा केही कमजोर छ र स्क्रिनको कुनै टेक्स्ट तथा अक्षरलाई ठूलो बनाएर हेर्न चाहनुहुन्छ भने त्यसका लागि तपाईंले स्मार्टफोनको स्क्रिन म्याग्निफिकेसन फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

यसबाट तपाईं फोनको स्क्रिनमा देखिने जुनसुकै भागलाई ठूलो बनाएर सहजै हेर्न सकिन्छ । फोनको सेटिङमा गएर एक्सेसिबिलिटीभित्र रहेको म्याग्निफिकेसन जेस्चरलाई अन गरेर तपाईंले यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

३. रेजोलुसन बढाउने तरिका

पछिल्लो समय बजारमा आएका धेरैजसो स्मार्टफोनमा म्याक्रो लेन्स राखिएको हुन्छ । जसबाट तपाईं ससाना वस्तुको तस्वीर आकर्षक र प्रष्ट रुपमा खिच्न सक्नुहुन्छ ।

म्याक्रो क्यामेराबाट तस्वीर खिच्दा तपाईं एउटा फरक ट्रिक्स अपनाउन सक्नुहुन्छ । त्यसका लागि आफ्नो फोनको पछाडि भागमा रहेको लेन्समा एक थोपा पानी लगाइ दिनुहोस् ।

क्यामेराको जुम प्रयोग गर्दा फोटोको रेजोलुसन घटिरहेको हुन्छ । तर यो ट्रिक्स अपनाउनु भयो भने तपाईंको क्यामेरा स्वतः जुम हुनेछ । यसबाट तपाईं क्यामेराको जुम फिचर प्रयोग नगरेरै हाई रेजोलुसनको फोटो खिच्न सक्नुहुन्छ ।

. रिमोट खराब छ कि सही, फोनबाटै जाँच्नुहोस

कतिपय समय हाम्रो टिभी, स्पिकर वा अन्य कुनै डिभाइसको रिमोट खराब भइदिन्छ । ब्याट्री फेर्दा समेत रिमोटले राम्रोसँग काम गर्दैन । यस्तोमा के साँच्चिकै रिमोट बिग्रिएकै हो त भन्ने दुविधा उत्पन्न हुन्छ ।

तपाईंले स्मार्टफोनको प्रयोगबाट रिमोट बिग्रेको वा नबिग्रेको सहजै थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले रिमोटको सेन्सरलाई फोनको क्यामेरा अघि ल्याएर हेर्न सक्नहुन्छ ।

यदि रिमोटको कुनै बटन दबाउँदा क्यामेराबाट कुनै लाइट देखिरहेको छ भने तपाईंको रिमोट ठीक छ भन्ने बुझ्नुहोस् । अन्यथा रिमोट खराब भएको भनेर ठान्नुहोस् ।

५. हेडफोनबाटै खिच्न सकिन्छ फोटो

सामान्यताः धेरैजसो प्रयोगकर्ता म्युजिक सुन्नका लागि मात्र हेडफोनको प्रयोग गरिरहेका हुन्छन् । तर तपाईंले यसैबाट सहजै फोटो समेत खिच्न सक्नुहुन्छ ।

यद्यपि यो फिचर सबै स्मार्टफोनको ईयरफोन तथा हेडफोनमा नहुन सक्छ । तर पनि तपाईं आफ्नो फोनको हेडफोनमा यो फिचर छ कि छैन भनेर सहजै जाँच गर्न सक्नुहुन्छ ।

फोनमा प्ले तथा पज बटनको सहयोगमा फोटो खिच्न सकिन्छ र भोलुम बटनबाट जुम ईन तथा जुम आउट पनि गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३