close

दशैंमा डिजिटल बैंकिङ सेवा अधिकतम प्रयोग गर्न बैंकर्सको आग्रह

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ १४:४

दशैंमा डिजिटल बैंकिङ सेवा अधिकतम प्रयोग गर्न बैंकर्सको आग्रह

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले डिजिटल बैंकिङ सेवा अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । कोभिड १९ को संक्रमणबाट जोगिन आग्रह गर्दै संघले दशैंको समयमा डिजिटल बैंकिङ सेवाको भरपुर उपयोग गर्न आग्रह गरेको हो ।

नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण झन् तीव्र रुपमा बढ्दै गएको छ । बैंकका कर्मचारीहरुमा समेत संक्रमणको दर बढ्दा हालसम्म देशभर वाणिज्य बैंकका ३,७०० भन्दा बढी कर्मचारीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् ।

बडा दशैंको समयमा बैंकहरु बन्द रहने भए पनि मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा सुचारु रहने एनबीएले जनाएको छ ।

नियमित रुपमा सुचारु रहने र कोरोना संक्रमणको संभावना समेत नरहने हुँदाे संघले डिजिटल बैंकिङ सेवा उपयोग गर्न आग्रह गरेको हो । साथै यस दशैंको समयमा एटीएम सेवा समेत खुल्ला रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३