close

सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन, भ्रामक सन्देश प्रवाह नगर्नु/नगराउनु

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ १५:५

सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन, भ्रामक सन्देश प्रवाह नगर्नु/नगराउनु

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भ्रामक सन्देश सम्प्रेषण भएको बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसअघि नेपालमा कर्फयुको घोषणा गरिएको भन्दै अंग्रेजी भाषाको सूचना व्यापक रुपमा पठाइएपछि धेरै व्यक्तिहरू भ्रममा परेका थिए । यस्तो सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले शेयर गरिरहेका थिए ।

यो सूचनामा नेपाल सरकारले आकस्मिक कर्फ्यु लगाएको र कोही पनि इन्टरनेट प्रयोगकर्ता घरबाट बाहिर निस्कन नपाइने भन्दै गलत सूचना प्रवाह गरिएको थियो । यसपछि प्रहरीले साइबर ब्युरोलाई अनुसन्धानका लागि खटाएको छ ।

यसैलाई लिएर प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै मोबाइल सेवा प्रदायकको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक एसएमएस मोबाइल सेवाका ग्राहकलाई पठाइएकाले त्यस्ता गलत तथा भ्रामक सन्देशहरु मोबाइल सेवाको नेटवर्कमार्फत सम्प्रेषण, प्रवाह नगर्न/नगराउन जानकारी गराएको हो ।

प्राधिकरणले आगामी दिनमा समेत यस्तो घटना भएकाे अवस्थामा दूरसञ्चार ऐन २०५३ को दफा ३ मा रहेको प्रावधान अनुसार बिगो असूल गरी बिगो बमोजिम जरिवाना गर्ने चेतावनी समेत दिएको छ ।

Final-Public-Notice-Spam-SMS

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३