close

अब सब्सक्रिप्सन बिनै हेर्न सकिनेछ नेटफ्लिक्सका फिल्म र सिरिज

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १०:२९

अब सब्सक्रिप्सन बिनै हेर्न सकिनेछ नेटफ्लिक्सका फिल्म र सिरिज

काठमाडौं । यदि तपाईंसँग नेटफ्लिक्सको सब्सक्रिप्सन छैन भने अब चिन्ता नलिनुहोस् । नेटफ्लिक्सले आफ्ना प्रयोगकर्ताका लागि एक विशेष किसिमको उपहार ल्याएको छ ।

जसमार्फत प्रयोगकर्ताले सप्तान्तमा फ्रि स्ट्रिमिङको फाइदा उठाउन सक्नेछन् । कम्पनी यो सेवालाई स्ट्रिमफेस्टको रुपमा प्रस्तुत गर्दैछ ।

तर यसको सुरुवात भने भारतबाट हुँदछ । नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा धेरैभन्दा धेरै मानिसलाई जोड्ने उद्देश्यका साथ यस्तो अफर ल्याएको हो ।

जसबाट नेटफ्लिक्सको सब्सक्रिप्सन नभएका प्रयोगकर्ताले समेत हप्ताको अन्तिम दुई दिन निःशुल्क रुपमा सिरिज र फिल्म हेर्न सक्नेछन् । साताको अन्तिम दुई दिन बाहेक अन्य दिन नेटफ्लिक्स हेर्न चाहनुहुन्छ भने तपाईंले कम्पनीको सब्सक्रिप्सन लिनुपर्ने हुन्छ ।

यो सेवा कहिलेबाट सुरु हुन्छ भन्ने कुरा कम्पनीले यकिन साथ खुलाएको भने छैन । यद्यपि डिसेम्बरसम्म सुरु हुनसक्ने आशा गरिएको छ ।

प्रकाशित एक रिपोर्टअनुसार स्ट्रिमफेस्ट योजना सार्वजनिक भएपश्चात अमेरिकामा रहेका प्रयोगकर्तालाई दिइँदै आएको एक महिने निःशुल्क सब्सक्रिप्सन भने बन्द हुनेछ । नेटफ्लिक्सले निःशुल्क सब्सक्रिप्सन सहितको प्रमोसनल अफर ल्याएको यति मात्र होइन ।

कम्पनीले बेलाबखत केही निश्चित भिडियो सब्सक्रिप्सन बिना हेर्न मिल्ने अफर समेत सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०