close

ह्वाट्सएपमा यसरी लुकाउनुहोस् आफ्नो गोप्य च्याट

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १२:१५

ह्वाट्सएपमा यसरी लुकाउनुहोस् आफ्नो गोप्य च्याट

काठमाडौं । अहिलेको समयमा ह्वाट्सएप सबैभन्दा सुरक्षित र धेरै प्रयोग गरिने म्यासेजिङ एप हो । एपमा प्रायः सबैसँग च्याट गरिने भए पनि कुनै कुनै च्याटहरु चाहिँ यस्ता हुन्छन्, जसलाई हामी अरु कसैले देख्न नसकोस् भन्ने चाहन्छौं ।

आज हामी तपाईंलाई ह्वाट्सएपमा गोप्य च्याट कसरी लुकाउने भन्ने बारेमा टिप्स दिँदै छौं ।

यसो गर्नुहोस्

  • सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् ।
  • त्यसपछि तपाईं जुन च्याटलाई लुकाउन चाहनुहुन्छ, त्यसमाथि केहीबेर थिचेर राख्नुहोस् ।
  • अब माथितर्फ रहेको अर्काइभ अप्सनमा ट्याप गर्नुहोस् । यति गर्ने बित्तिकै तपाईंको च्याट ह्वाट्सएप खोल्दा देखिने छैन ।

आईफोनमा के गर्ने ?

  • आईफोनका लागि सुरुमा आफ्नो ह्वाट्सएप खोल्नुहोस् ।
  • जुन च्याटलाई तपाईं लुकाउनु चाहनुहुन्छ, त्यसलाई दायाँतर्फ स्वाइप गर्नुहोस् ।
  • तपाईंले दायाँतर्फ स्वाइप गरेसँगै अर्काइभ अप्सन देखिनेछ, त्यसमा दबाउनुहोस् ।
  • यति गरेपछि तपाईंको च्याट लुकेर बस्नेछ ।

लुकाइएको च्याट कसरी फिर्ता ल्याउने ?

  • लुकाइएको च्याटलाई फिर्ता ल्याउन ह्वाट्सएप खोल्नुहोस् ।
  • अब स्क्रिनमा सबैभन्दा तल जानुहोस् ।
  • त्यहाँ तपाईंले अर्काइभ्ड अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाउनुहोस् ।
  • अर्काइभमा केहीबेर दबाएर राख्ने बित्तिकै तपाईंले अनअर्काइभ अप्सन देख्न सक्नुहुनेछ । त्यसमा ट्याप गर्नुहोस् ।
  • यसरी अब तपाईंको अर्काइभमा बसेको च्याट मेन च्याट बक्समा पहिले जस्तै देखिन थाल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०