close

अब ह्वाट्सएपको वेब भर्सनबाट पनि कल गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १०, २०७७ १६:७

अब ह्वाट्सएपको वेब भर्सनबाट पनि कल गर्न सकिने

काठमाडौं । स्मार्टफोनमा जस्तै अब छिट्टै ह्वट्सएपले डेस्कटप तथा ल्यापटपमा समेत भिडियो तथा अडियो कल गर्न सकिने फिचर ल्याउने भएको छ । यो नयाँ फिचरका लागि ह्वाट्सएपले आफ्ना बेटा भर्सनका प्रयोगकर्ताका लागि २.२०४३.७ भर्सनको अपडेट जारी गरेको छ ।

यो नयाँ ह्वाटसएप वेब भर्सनमा भिडियो र अडियो कलिङलाई सपोर्ट गर्दछ । हाल यो नयाँ अपडेट विकासकै चरणमा छ । चाँडै सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

वेबेटाइन्फोले ह्वाटसएपको लेटेस्ट बेटा भर्सनको नयाँ अपडेटको स्क्रिनशट सार्वजनिक गरेको छ । जसमा प्रयोगकर्ताले ह्वाट्सएप वेबको माध्यमबाट भिडियो तथा अडियो कल गर्न सक्छन् ।

यसका लागि एउटा विण्डो खुल्छ । जहाँबाट कल एसेप्ट वा रिजेक्ट गर्न सकिन्छ । सँगसँगै जब प्रयोगकर्ताले अन्य व्यक्तिलाई ह्वाट्सएप वेबको माध्यमबाट कल गर्छन, त्यस बखत पनि नयाँ विण्डो खुल्ने गर्दछ ।

जसमा कलको स्टाटस समेत समावेश गरिएको छ । ह्वाट्सएप वेबमा व्यक्तिगत कलिङका अलावा चाँडै ग्रुप कलको सपोर्ट समेत उपलब्ध हुने जनाइएको छ । यद्यपि यो फिचर अहिले आएको बेटा भर्सनमा भने छैन । तर चाँडै यो फिचर पनि ह्वाट्सएप वेबमा राखिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०