काठमाडौं । गुगलका उत्पादनमध्ये सबैभन्दा उपयोगी मानिने गुगल डक्सको डाउनलोड गुगल प्ले स्टोरमा एक अर्ब नाघेको छ । अनलाइनमा डकुमेन्ट बनाइ सहज रुपमा शेयर गर्न मिल्ने सुविधाका कारण यो धेरै नै लोकप्रिय बनिरहेकाे छ ।
सन् २०१४ मा सार्वजनिक भएको गुगल डक्सले २०१८ मा गुगल प्ले स्टोरमा ५० करोड डाउनलोड पुरा गरेको थियो । ५० करोड पुरा गर्न चार वर्ष लागेपनि थप ५० करोड भने पछिल्ले दुई वर्षमै पुरा भएको छ ।
याेसँगै ‘ड्रपबक्स’ र नेटफ्लिक्स’ काे हारहारीमा गुगल डक्स पनि उक्लिएको छ । ‘ड्रपबक्स’ र नेटफ्लिक्स’ ले गएको समरमा मात्रै एक अर्बभन्दा बढी डाउनलोड पुरा गरेका थिए ।
पछिल्लो सयम बजारमा आउने एन्ड्रोइड फोनमा डक्स लगायतका एप सुरुमै इन्स्टल भएर आउने गरेकाले पनि डाउनलोड संख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख गरिएको छ ।
साथै लकडाउनको सयमा विद्यालय बन्द भएका छन् । यस्तो अवस्थामा विद्यार्थिको लागि यो प्रडक्ट सबैभन्दा उपयुक्त भएको छ । त्यसको परिणमा पनि डाउनलोडमा देखिएको हुन सक्ने अनुमान गरिएको छ ।