close

यसै शनिबारदेखि ‘क्लिन फिड’ लागु हुँदै, विज्ञापन बोर्ड समेत गठन गरियो

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १५:३९

यसै शनिबारदेखि ‘क्लिन फिड’ लागु हुँदै, विज्ञापन बोर्ड समेत गठन गरियो

काठमाडौं । यहि आउँदो शनिबार अर्थात कात्तिक ८ गतेबाटै ‘क्लिन फिड’ (विज्ञापनरहीत) नीति लागु हुने भएको छ । विदेशी च्यानलमा विज्ञापन रहित रुपमा प्रसारण हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड समेत गठन गरेको छ ।

मन्त्रालयका सहसचिव डिलाराज शर्माको अध्यक्षतामा बोर्ड गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले क्लिन फिड कार्तिक ८ गतेबाटै लागु हुने बताएका हुन् ।

उनले नव गठित विज्ञापन बोर्डले क्लिन फिड लागु भएको वा नभएको अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको समेत बताए । मन्त्री गुरुङका अनुसार विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार कात्तिक ८ देखि नेपालमा क्लिन फिड लागु गर्न सरोकारवालालाई निर्देशन समेत दिएको छ ।

साथै कात्तिक ८ बाट नीति कार्यान्वयनमा नआएको खण्डमा कानून अनुसार कारबाही गरिने मन्त्री गुरुङको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०