close

खल्ती प्रयोग गर्दा माउन्ट एभरेस्टमा ब्रेकफास्ट गर्ने अवसर

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १८:४१

खल्ती प्रयोग गर्दा माउन्ट एभरेस्टमा ब्रेकफास्ट गर्ने अवसर

काठमाडौं । पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैंको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘खल्तीको डिजिटल खुसियालीः एभरेस्टमा ब्रेकफास्ट’ नामक अफर सार्वजनिक गरेको छ ।

खल्तीबाट प्लेनको टिकट खरिद गर्ने ग्राहक र रू. १०० प्लसकाे रिचार्ज गर्ने ग्राहक याे अफरमा सहभागी हुन सक्छन् ।

यसरी भुक्क्तानी गर्नेमध्ये एक–एक जना गरी २ भाग्यशाली विजेता छानिने छन् । जति बढी पटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहने कम्पनीले जनाएको छ ।

भाग्यशाली विजेताले आफू र आफ्नोको लागि सगरमाथामा गई ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र आउन दुईतर्फी प्लेनको टिकट, ट्रेक बारे जानकारी, लुक्लाबाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टको सुविधा उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत यही मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै विजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ ।

अन्तिममा यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुनेछ । यसमा सहभागी हुन कुनै प्रकारको शुल्क लाग्ने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०