close

भोलिदेखि पाँच दिन कोरोना ब्रिफिङ नहुने, भाइबर र वेबसाइटमा अपडेट हेर्न आग्रह

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १७:५३

भोलिदेखि पाँच दिन कोरोना ब्रिफिङ नहुने, भाइबर र वेबसाइटमा अपडेट हेर्न आग्रह

काठमाडौं । भोलिदेखि सरकारले पाँच दिनसम्म काेभिड-१९ सम्बन्धी जानकारी सामाजिक सञ्चाल र वेबसाइटबाट मात्र दिने भएको छ ।

दशैंका लागि लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच दिनसम्म नियमित सञ्चालन गरिरहेकाे मिडिया बिफ्रिङ नगर्ने भएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रलायको भाइबर ग्रुप र वेबसाइटबाट काेभिडसम्बन्धी ताजा जानकारी अपडेट हुनेछ ।

काेभिड संक्रमण बढेपछि सरकारले नियमित रूपमा संक्रमण संख्या, मृत्यु, डिस्चार्ज संख्याका अतिरिक्त कोरोना रोकथाम र व्यवस्थापनका लागि सरकारीस्तरबाट भइरहेका जानकारी मिडिया ब्रिफिङमा दिने गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०