close

शनिबार म्युजिकल इभ सहित उद्यमी टक सिरिज हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ ८:३७

शनिबार म्युजिकल इभ सहित उद्यमी टक सिरिज हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । हल्ट प्राइज आईओई र नेक्स्ट जेनको संयुक्त सहकार्यमा शनिबार टक सिरिज आयोजना हुँदैछ । नजिकिँदै गरेको दशैलाई लक्षित गर्दै हल्ट प्राइजले यसपटक ‘म्युजिकल इभ’ सहितकाे टक सिरिज गर्ने भएको छ।

टक सिरिजको यो चौंथो श्रृंखला हो । ‘फेस्टिभ टक सिरिजको’ रुपमा आयोजना हुने उक्त कार्यक्रमका दिउँसो २ बजेबाट सुरु हुनेछ ।

याे इभेन्टमा ज्याेति ग्रुपका निर्देशक साैरभ ज्याेति, फिनिक्स एरिजाेनाका स्कट मार्सल ब्राण्डाेन लगायतकाे विशेष उपस्थिति हुनेछ । उनीहरूले आफ्ना अनुभव सहभागीहरुसँग साट्नेछन् ।

उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा सेलिब्रेटीहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना, आयुष श्रेष्ठ, प्रिया सिग्देल लगायतको विशेष उपस्थिति हुनेछ ।

उक्त कार्यक्रममा वक्ताहरुले आफ्नो अनुभव आदनप्रदान गर्ने उल्लेख गरिएको छ । शनिबार दिउँसो २ देखि ४ बजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुन चाहनेहरुले यस लिङ्कमा गएर दर्ता गर्नु पर्नेछ ।

हल्ट प्राइजको फेसबुक पेजमार्फत लाइभ हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०