close

१२० हर्ज रिफ्रेस रेट सहित ओप्पोले ल्यायो स्मार्ट टिभी, भिडियो च्याटका लागि पपअप क्यामेरा

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ ९:३७

१२० हर्ज रिफ्रेस रेट सहित ओप्पोले ल्यायो स्मार्ट टिभी, भिडियो च्याटका लागि पपअप क्यामेरा

काठमाडाैं । चिनियाँ निर्माता कम्पनी ओप्पोले दुई सिरिजका टिभी ओप्पो टीभी एसवान र ओपो टीभी आरवानलाई तीन भिन्न मोडलमा सार्वजनिक गरेको छ । स्मार्ट टिभीकाे बजारमा पहिलाे पटक ओप्पोले हात हालेकाे हाे ।

यी दुवै टिभी कलर अपरेटिङ सिस्टममा चल्नेछन् । ६५ इन्चको ओप्पो टीभी एसवानमा फोरके क्यूलेड रिजोलुसन क्वानटम डट वाइड कलर ग्याम्यूट डिस्प्ले फिचर उपलब्ध छ ।

यसमा रहेको १२० प्रतिशत अल्ट्रा वाइड कलर ग्याम्यूटले सटिक र थप भाइब्रेन्ट ग्राफिक्स र सहज र स्मुथ कलर ट्रान्जिशनमा सघाउने कम्पनीले जनाएकाे छ ।

यसमा रहेको १२० एचजेड रिफ्रेश रेट र भ्यारिएबल रिफ्रेश रेट (भीआरआर)ले स्पोर्ट्स तथा गेमिङ ग्राफिक्सलाई स्मुथ र अझ प्राकृतिक देखाउने बताइएकाे छ ।

टीभीको एकोस्टिक परफरमेन्सको कुरा गर्दा ओप्पोले यसमा सटिक सिनेम्याटिक साउण्ड क्वालिटी दिन डायनअडियोसँग सहकार्य गरेको छ ।

ओप्पो टीभी एसवानमा ८५वाट सम्म उर्जा दिने र ५.१.२ च्यानल्स र डल्बी एट्मस सपोर्ट गर्ने अठार स्टेरियो सराउण्ड साउन्ड स्पिकर्स जडित छ ।

त्यस्तै ओप्पो टीभी आरवान ५५ इन्च र ६५ इन्च मोडलमा क्वाडकोर प्रोसेसर र हाई स्पिड वाईफाई सिक्सका साथमा उपलब्ध गरिएको हो । ईन्स्ट्यान्ट-अन फिचर सुसज्जित यी टीभीले प्रयोगकर्तालाई लिभिङ रुमको नयाँ अनुभव प्रदान गर्छ ।

ओप्पोले आफ्नो आईओटी नीतिको घोषणा पहिलो पटक ओपो ईन्नो डे २०१९मा गरेको थियो । सो समयमा कम्पनीले आफ्नो ध्यान आफ्ना प्रमुख इन्ट्री लेभल उत्पादनमा केन्द्रित गर्दै खुला आईओटी ईकोसिस्टम स्थापना गर्ने तिर अग्रसर हुने जानकारी दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०