close

मोबाइल बैंकिङ कारोबारमा २० प्रतिशत क्यासब्याक दिँदै राष्ट्रिय वाणिज्य बैंक

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ ११:४६

मोबाइल बैंकिङ कारोबारमा २० प्रतिशत क्यासब्याक दिँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैं धमाका याेजना अन्तर्गत मोबाइल एपबाट कारोबार गर्दा २० प्रतिशत क्यासब्याक दिने भएको छ ।

बैंकको मोबाइल एप आरबीबी स्मार्टबाट विभिन्न कारोबार गर्दा रकम तिर्न सकिन्छ । एपबाट युटिलिटी पेमेन्ट, रिचार्ज टपअप, क्रेडिट कार्ड पेमेन्ट, रकम ट्रान्सफर अनलाइन बुकिङ र पेमेन्ट आदि गर्न सकिन्छ ।

बैंकले आरबीबी स्मार्टबाट काराेबार गर्दा हरेक काराेबारमा २० प्रतिशत (अधिकतम एक सय रूपैयाँ) क्यास ब्याक दिने भएकाे हाे । याे याेजना कात्तिक ५ देखि मंसिर ५ सम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०