close

स्न्यापच्याटको छलाङ : दैनिक प्रयोगकर्ता २५ करोड, आम्दानीमा तीव्र वृद्धि

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ १३:३०

स्न्यापच्याटको छलाङ :  दैनिक प्रयोगकर्ता २५ करोड, आम्दानीमा तीव्र वृद्धि

काठमाडौं । स्न्यापच्याटको दैनिक प्रयोगकर्ता २५ करोड भन्दा बढी पुगेका छन् । कोराना महामारीका कारण घरमा बस्नुपर्ने अनी समय बिताउनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्यामा आएको परिवर्तनको प्रभाव स्न्यापच्याटमा देखिएको छ ।

कम्पनीका अनुसार यो उचाई कम्पनीको वार्षिक योजनाभन्दा धेरै हो । गत वर्षको तुलनामा हाल प्रयोगकर्ता १८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एप प्रयोग गर्ने प्रयाेगकर्तामा १३ देखि ३४ बवर्ष सम्मका सबैभन्दा धेरै रहेका छन् ।

योसँगै कम्पनीको आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ । कम्पनीका अनुसार गत वर्षको तुलानामा कम्पनीको आम्दानी ५२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा कम्पनीको आम्दानी ६७८ मिलियन डलर भएको छ ।

यसरी प्रयोगकर्तामा आएको वृद्धिको कारण कोरोनाका साथै सन् २०१८ मा कम्पनीले एपमा ल्याएको परिवर्तन हो । कम्पनीले सन् २०१८ मा कम्पनीले एपको डिजाइनमा उल्लेख्य परिवर्तन ल्याएको थियो ।

साथै कम्पनीले अफर गरेको प्रिमियम भिडियो, शो, स्पोट्स कन्टेन्ट लगायतका कारण पनि प्रयोगकर्ता बढेको कम्पनीको प्यारेन्ट कम्पनी स्न्यापले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०