यसरी लक गर्नुहोस् मोबाइलमा रहेका एप

काठमाडौं । पछिल्लो सयम एपको प्रयोग बढिरहेको छ । प्रयोगकर्ताको सहजताको लागि हरेक सेवा एपमार्फत नै दिनुपर्छ भन्ने खालको परिवेश सिर्जना भइसकेको छ ।

त्यसैले नेपालमा पनि पछिल्लो सयम एपको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, ह्वाट्सएप त छँदै छन् । नेपाली बजारमै विभिन्न सेवा प्रदायले एपमार्फत नै सेवा दिइरहेको छन् ।

यतिसम्म कि बैंकिङ सेवा पनि एपमार्फत नै सुरु भइसकेको छ । हाल नेपालका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले एपमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराइरहेको छ ।

यसरी सबै सेवा एपमार्फत नै प्रदान हुन थालेसँगै यसको सुरक्षित प्रयोग आवश्यक हुन्छ । कतिपय एपमा लगइन गर्न युजरनेम र पासवर्ड आवश्यक भएतापनि कतिपयमा त्यसैभित्र छिर्न सकिने सुविधा हुन्छ ।

जसमा लगईनको लागि पासवर्ड र युजर नेम चाहिन्छ । यी एप त ठीकै छन । अन्य एपको हकमा भने त्यस्ता एपलाई आफूले सुरक्षित राख्न आवश्यक हुन्छ । त्यसको अर्थ त्यस्ता एपमा एक्सेस प्राप्त गर्न पासवर्ड हाल्नुपर्ने बनाउन सकिन्छ ।

त्यसका लागि पछिल्लो समय मोबाइलमै यो सुविधा उपलब्ध रहेको छ । एन्ड्रोइड प्रयोगकर्ताले मोबाइलको ‘सेटिङ’ भित्र ‘एप्स’ भन्ने अप्सनमा रहेका ‘एप्स लक’ भन्ने अप्सनमा क्लिक गरी आफूलाई आवश्यक पर्ने एपलाई लक गरी राख्न सक्नेछन ।

यदि तपाईंको मोबाइलमा यो सुविधा छैन भने पनि गुगल प्ले स्टोरमा ‘एप लकर’ नाममा विभिन्न एप्सहरु उपलब्ध रहेका छन् । त्यसमध्ये कुनै पेड छ भने कुनै निःशुल्क पनि उपलब्ध रहेका छन् ।

निःशुल्क रुपमा उपलब्ध एप डाउनलोड गरी पनि तपाईंले आफ्नो मोबाइलमा रहेका एपलाई सुरक्षित गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team