close

मोबाइलमा रहेका धेरै फोटो सुरक्षित राख्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक ८, २०७७ १६:४६

मोबाइलमा रहेका धेरै फोटो सुरक्षित राख्न यसो गर्नुहोस्

काठमाडौं । पछिल्लो समय स्मार्टफोनमा उपलब्ध हुने क्यामेराले छुट्टै क्यामेरा बोक्नुपर्ने बाध्यताको अन्त्य गरिरहेको छ । सम्पूर्ण आवश्यकता एउटै स्मार्टफोनमै हुँदा प्रयोगकर्ताको जिवनसमेत सहज हुँदै गएको छ ।

साथमा बोकेर हिड्ने मोबाइलले ठूला ठूला क्यामेरा बोक्नुपर्ने झन्झटको अन्त्यसँगै हामी क्यामेरा पनि बढी नै प्रयोग गरिरहेका हुन्छौं । जसको प्रतिफल हाम्रो मोबाइलमा धेरै नै फोटो रहेका हुन्छन् । त्यसरी खिचिने फोटो कतिपय हाम्रो जीवनका स्मरणहरु पनि हुन् । जसलाई पछि कुनै दिन हेरेर सम्झने माध्यम पनि हुन्छ ।

त्यसैले पनि त्यस्ता फोटोलाई सुरक्षित राख्नु पर्ने आवश्यक्ता हुन्छ । हामी यहाँ तपाईंहरुलाई फोटो कसरी सुरक्षित राख्न सकिन्छ भनेर सामान्य जानकारी दिँदै छौं । जसले तपाईंको यादलाई सधैंका लागि सँगै राख्न मद्दत गर्छ । त्यसका लागि सुरुमा तपाईंको स्मार्टफोन जिमेलमा कनेक्ट भने भएको हुनुपर्नेछ ।

तपाईंको स्मार्टफोन जिमेलमा कनेक्ट छ भने, अब तपाईं गुगल फोटामो क्लिक गर्नुहोस् । त्यसलाई गुगल एकाउण्टमार्फत लगइन गर्नुहोस् । त्यती गरेसँगै तपाईंले उक्त एपको दायाँ साइडमा रहेको आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस् ।

त्यहाँ भित्र फोटो सेटिङ भन्ने अप्सन रहेको छ । उक्त अप्सनमा क्लिक गरी त्यहाँ रहेको ‘ब्याक–अप एण्ड सिंक’ अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले आफ्नो फोटो ब्याकअप गरी सुरक्षित राख्न सक्नुहुन्छ । त्यसरी ब्याकअप गर्दा फोटोको क्वालिटी भने छनोट गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले आफूले खिचेको फोटो साइजमै राख्न चाहनु भएको खण्डमा १५ जीबीमात्रै उपलब्ध हुनेछ । यदि तपाईंले अटो गर्नु भएको खण्डमा फोटोको साइजमा केही तलमाथि भएता पनि फोटो भने अनलिमिटेड राख्न सकिने छ ।

यो त थियो एउटा विकल्प । यसका साथै तपाईंका लागि फोनको सेटिङमै गएर पनि फोटो ब्याकअप गर्न सकिने सुविधा रहेको छ । त्यसका लागि मोबाइलको सेटिङमा जानुहोस र सिस्टम क्लिक गर्नुहोस् । त्यहाँ ‘ब्याकअप’ भन्ने अप्सन रहेको छ ।

त्यसमा तपाईंले ब्याकअप गर्ने जिमेल आईडी हाली ब्याकअपममा क्लिक गरेर फोटो ब्याकअप गर्न सक्नुहुनेछ । यसरी ब्याकअप भएको फोटो यदि फोन बिग्रियो अथवा हराएको खण्डमा पनि तपाईंले पुनः प्राप्त गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०