close

एप्पल वाचले बचायो ६१ वर्षीय वृद्धको ज्यान

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ १४:४

एप्पल वाचले बचायो ६१ वर्षीय वृद्धको ज्यान

काठमाडौं । ग्याजेट हाम्रो जीवनकै अभिन्न हिस्सा बन्दै गइरहेका छ । अब यसले तपाईंको जीवनलाई सहज मात्रै बनाइरहेको छैन, बरु जीवन बचाउने एउटा सहारा पनि बनेको छ ।

हालै मात्र एउटा नयाँ खबर बाहिर आएको छ, जसमा एप्पल वाचका कारण एक ६१ वर्षीय वृद्धको ज्यान जोगिएको छ ।

भारतकाे इन्दाैरका आर राजहंश पेसाले सेवानिवृत्त फर्मा कर्मचारी हुन् । उनले एप्पल वाच सिरिज फाइभ प्रयोग गर्दथे र यसैको सहयोगमा दैनिक आफ्नो ईसीजी समेत जाँच गर्ने गर्थे । गत मार्चमा अचानक स्वास्थ्य खराब हुँदै गएपछि उनले वाच आफूसँग राख्ने सोच बनाएका थिए ।

हार्वर्ड युनिभर्सिटीमा पढिरहेका आफ्ना छोरा सिद्धार्थले उनलाई यो घडी पठाएका थिए । सिद्धार्थले भनेका छन्, ‘एक दिन मध्यरातको समयमा मेरा बुबाको मुटुको धड्कन दुईदेखि तीन पटक असामान्य र अनियमित बढेकाे पाइयो । उनको अवस्था निकै नाजुक भइसकेको थियो ।’ 

पटक पटक जाँच गर्दा समेत अवस्थामा कुनै समस्या देखिएको थिएन । त्यसपछि उनले आफ्ना डक्टरसँग यो विषय जानकारी गराए । यद्यपि राजहंश कहिल्यै पनि हाइपरटेन्सनबाट पीडित थिएनन् । 

उनलाई मुटुको पनि कुनै रोग छैन । अगाडि जाँच गर्दा थाहा भयो कि राजहंसलाई लो इजेक्सन फ्र्याक्सन छ र उनको छिटोभन्दा छिटो सर्जरी गराउनुपर्ने आवश्यकता छ । 

कोभिड १९ को महामारी चलिरहँदा लगाइएको प्रतिबन्धबीच सर्जरी केही ढिलो भयो । तर राजहंस आफ्नो एप्पल वाचबाट आफ्नो ईसीजी जाँच लगातार रुपमा गर्दै रहे । आफ्ना बुबाको सफल सर्जरीपछि सिद्धार्थले एप्पलका टिम कुकलाई यस विषयमा जानकारी दिए ।

त्यसपछि सीईओ कुकले ट्वीट गर्दै त्यसको जवाफमा भने, ‘सिद्धार्थ यो विषय जानकारी गराएकोमा धन्यवाद । तपाईंका बुबालाई चिकित्सकीय हेरचाह समयमै मिल्न सक्यो भन्ने कुराबाट म अत्यन्त हर्षित छु । आशा छ, उहाँ अहिले पहिलेको भन्दा ठीक हालतमा हुनुहुन्छ । हाम्रो टिम तपाईंसँग जोडिरहनेछ ।’

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०