close

७.४९ प्रतिशत ब्याजदरमै घर कर्जा दिँदै नबिल बैंक, दशैंमा डिजिटल बैंकिङ सेवा जारी रहने

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ १५:२७

७.४९ प्रतिशत ब्याजदरमै घर कर्जा दिँदै नबिल बैंक, दशैंमा डिजिटल बैंकिङ सेवा जारी रहने

काठमाडौं । नबिल बैंकले ‘नबिल बैंकको चार्डपर्व योजना’अन्तर्गत ७.४९ प्रतिशतमै घर कर्जाको सुविधा ल्याएको छ ।

घर कर्जामा ७.४९ प्रतिशतमै प्रदान गर्नुका साथै व्यक्तिगत ओभर ड्राफ्टमा ८ प्रतिशत साना तथा मझौला कर्जा दिनेछ।

एक करोडसम्मको कर्जामा ७.४९ प्रतिशत एक करोड रुपैयाँभन्दा माथिको कर्जा ८ प्रतिशतमै प्रदान गरिने बैंकले उल्लेख गरेको छ। यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन।

यसैबीच कात्तिक ७ देखि ११ सम्म बैंकका सम्पूर्ण शाखा बन्द रहेपनि डिजिटल बैंकिङ सेवा (इन्टरनेट/माेबाइल बैंकिङ) का साथै सम्पूर्ण एटिएम र ग्राहक सेवा केन्द्र सञ्चालनमा रहने जानकारी दिएकाे छ ।

चाडबाडकाे अवसरमा बैंकले जारी गरेका सम्पूर्ण कार्डबाट पाेस साथै अनलाइन सपिङ गर्न सकिने सुविधा समेत दिइएकाे छ । साथमा बैंकको ‘नबिल स्मार्ट बैंक’ बाट समेत क्युआर काेड स्क्यान गरी सजिलैसँग दशैं सपिङ गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०