close

क्लिन फिडका कारण डिश होममा केही विदेशी च्यानल अवरुद्ध हुने

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ १६:६

क्लिन फिडका कारण डिश होममा केही विदेशी च्यानल अवरुद्ध हुने

काठमाडौं । शनिबारदेखि कार्यान्वयनमा आउन लागेको क्लिन फिड नीतिका कारण डिजिटल टिभी सेवा प्रदायक डिश होममा केही विदेशी च्यानल अवरूद्ध हुने भएको छ ।

कम्पनीले जारी गरेको एक सूचना अनुसार केही विदेशी ब्रोडकास्टरहरूले क्लिन फिड च्यानल उपलब्ध नगराएका कारण यी च्यानल अवरूद्ध हुने भएको हो ।

डिश होमले ती च्यानल क्लिन फिडमा उपलब्ध भएपछि ग्राहकले हेर्न पाउने जनाएको छ । त्यो अवधिसम्मका लागि च्यानल डिशहोममा उपलब्ध नहुने जानकारी दिँदै कपनीले यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

यसैक्रममा डिशहोमका च्यानलहरुका एलसीएन (च्यानल नम्बर) र प्याकेज अनुसार च्यानलहरु थपघट तथा परिवर्तन हुनसक्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

याे पनि पढ्नुहाेस् : क्लिन फिडका कारण आईपीएल, प्रिमियर लिग र च्याम्पियन्स लिग हेर्न नपाइने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०