close

पेपलमार्फत अब क्रिप्टोकरेन्सी खर्च गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक ७, २०७७ १७:९

पेपलमार्फत अब क्रिप्टोकरेन्सी खर्च गर्न सकिने

काठमाडौं । अनलाइन पेमेन्ट सिस्टम पेपल क्रिप्टोकरेन्सीको बजारमा प्रवेश गरेको छ । यसको घोषणा गर्दै कम्पनीले पेपल अकाउन्ट भएका प्रयोगकर्ताले बिटक्वाइन र अन्य भर्चुअल करेन्सी खरिद बिक्री गर्न सक्ने बताएको छ ।

यी भर्चुअल करेन्सीबाट ग्राहकले पेपल प्रयाेग गरी वस्तु खरिद किन्न सक्नेछन् । कम्पनीको यो निर्णयसँगै क्रिप्टोकरेन्सीको स्वामित्व भएकाहरुले पेपलमार्फत भुक्तानी गर्न सकिने २ करोड ६० लाख बिक्रेताबाट सामान वा सेवा खरिद गर्न सक्नेछन् ।

पेपलका अनुसार कम्पनीले सुरुमा अमेरिकी बजारमा केही सातामै भुक्तानी खुला गर्ने तयारी गरेको छ । सन् २०२१ को सुरुवाती महिनामा भने संसारभर नै यो फिचर प्रयोग गर्न पाइने छ । 

पेपलमार्फत बिटक्वाइनसहित इथेरियम, लाइटक्वाइन र बिटक्वाइन क्यासजस्ता क्रिप्टोकरेन्सी खर्च गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०