close

आईफोन मोह : कोभिड त्रासका बाबजुद ‘आईफोन ट्वेल्भ’ किन्नेको लस्कर

टेकपाना टेकपाना

कात्तिक ८, २०७७ ९:३२

आईफोन मोह : कोभिड त्रासका बाबजुद ‘आईफोन ट्वेल्भ’ किन्नेको लस्कर

काठमाडौं । एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन ट्वेल्भ विश्व बजारमा उपलब्ध भइसकेकाे छ । केही समयअघि भर्चुअल कार्यक्रममार्फत फोन सार्वजनिक गरिएको भएतापनि बजारमा भने शुक्रबारदेखि उपलब्ध भएको हो ।

शुक्रबारबाट बजारमा उपलब्ध भएको एप्पलका दुई मोडल आईफोन १२ र १२ प्रो फाइभजी फोन किन्नेको लाइन लागेको छ । चिन, अस्ट्रेलिया लगाएतका देशमा आईफोनका यी दुई मोडलका फोन खरिद गर्न एप्पल स्टोर अगाडि लामो लाइन नै लागेको उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण धेरैजसो बजार अनलाइनमा परिणत हुँदा आईफोन किन्नका लागि मान्छे स्टोरमा नआउन सक्ने अनुमान गरिएको थियो । तर, अनुमानको ठीक विपरितको अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

विभिन्न अन्ताष्ट्रिय सञ्चार माध्ययमका अनुसार लाइन गत वर्षमा जस्तो धेरै लामो भने थिएन । – एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०