close

विन्डोज र म्याक कम्प्युटरमा यसरी निरीक्षण गर्नुहोस् सीपीयूको तापक्रम

टेकपाना टेकपाना

कात्तिक १५, २०७७ १३:१

विन्डोज र म्याक कम्प्युटरमा यसरी निरीक्षण गर्नुहोस् सीपीयूको तापक्रम

काठमाडौं । तपाईंको कम्प्युटर धेरै तात्तिन्छ ? यदि त्यसो हो भने यसलाई सामान्यरुपमा लिएर बेवास्ता नगर्नुहोस् । यसले कम्प्युटरको पर्फमेन्समा क्षति पुर्‍याउन सक्छ । तापमानले कम्प्युटरको आयूलाई पनि घटाउन सक्छ । यदि यसलाई आफ्नो नाङ्गो काखमा राखेर चलाउँदै हुनुहुन्छ भने तपाईंको छाला डढ्न सक्छ र अन्य समस्या पैदा गर्न सक्छ ।

अधिकांश कम्प्युटरमा ब्युल्ट इन टेम्प्रेचर मोनिटरिङ टुल हुँदैनन् । यदि तपाईंको कम्प्युटरमा पनि यस्तो टुल छैन भने सीपीयूको तापमानलाई निरीक्षण गर्न केही सफ्टवेयरलाई डाउनलोड गर्न आवश्यक छ । यसैबीच पीसी म्यागले प्रस्तुत गरेकाे सान्दर्भिक लेख यहाँ प्रस्तुत गरेका छाैं ।

कोर टेम्प : विण्डोजका लागि सीपीयूको तापमान निरीक्षण

बजारमा दर्जनौं टेम्प्रेचर मोनिटरिङ प्रोग्रामहरु छन् । यदि तपाईं विण्डोज अपरेटिङ सिस्टमको कम्प्युटर प्रयोग गर्नुहुन्छ भने कोर टेम्प प्रयोग गर्नु राम्राे हुन्छ । यो इन्स्टल गर्न पनि मिल्छ र यसलाई स्ट्याण्डअलोन ईएक्सई फर्म्याटमा समेत पाउन सकिन्छ ।

यसले सीपीयूको अवस्थाबारे पर्याप्त जानकारी प्रदान गर्छ । साथै यसले विण्डोजको टास्कबारबाट समेत तापमानलाई निरीक्षण गर्ने सुविधा दिन्छ । 

सबैभन्दा पहिले कोर टेम्पलाई डाउनलोड गर्नुहोस् । यसलाई इन्स्टल गरी (गूडगेम इम्पायर ब्लोटवेयर अनचेक गर्नुहोस्) प्रोग्राम लन्च गर्नुहोस् ।

विण्डोजको माथिल्लो भागमा तपाईंको सिस्टममा भएको सीपीयू लिस्टिङ भएर बस्छ, जसमा यसको करेन्ट लोड र अन्य केही प्राविधिक टिटबिट्स । टेम्प्रेचर रिडिङ भने विण्डोजको तल्लो भागमा बस्दछ । 

करेन्ट टेम्प्रेचर तपाईंले बायाँ कोलममा देख्न सक्नुहुन्छ । त्यहाँ प्रोग्राम लन्च गरेदेखिको उच्चतम र न्युनमत तापमानको रेकर्ड समेत राखिएको हुन्छ । यदि तपाईं एएमडी सीपीयू प्रयोग गर्दै हुनुहुन्छ भने एउटा फाइदा हुनसक्छ ।

इन्टेल सीपीयूमा प्रति सीपीयू कोर एउटा तापमान रिडिङ हुन्छ । यसैले सबैभन्दा धेरै तापमान भएको कोरमा ध्यान दिनुहोस् । यति गरेपछि सबै कुरा सामान्य हुन्छ । 

आफ्नो सीपीयू तापमानलाई टास्कबारमा हेर्न सटिङको अप्सनमा जानुहोस् र नोटिफिकेसन एरिया ट्याबमा जानुहोस् । त्यहाँ उच्चतम तापमानलाई सेलेक्ट गरेर सिस्टम ट्रेको एर्रो क्लिक गर्नुहोस् र कोर टेम्प आइकनलाई टास्कबारमा सारेर त्यसलाई हर समय भिजिबल देखाउनुहोस् । 

फ्यान्नी : म्याक ओएस सीपीयूको तापमान निरीक्षण 

यदि तपाई म्याक प्रयोग गर्दै हुनुहुन्छ भने इस्टेट मिनस लाई उत्कृष्ट सिस्टम मोनिटरिङ एपको रुपमा मानिन्छ । तपाईं एड्भान्स प्रयोगकर्ता हुनुहुन्छ र आफ्नो म्याकको भित्री पार्टपुर्जामा निगरानी गर्न चाहनुहुन्छ भने इस्टेट मिनसलाई १२ डलरमै सब्सक्राइब गर्न सक्नुहुन्छ । तर धेरैका लागि फ्यान्नी सजिलो र नि:शुल्क छनाेट हो ।

फ्यान्नी डाउनलोड गर्नुहोस् । एपलाई अनजिप गरिसकेपछि त्यसलाई आफ्नो एप्लिकेसन फोल्डमा तान्नुहोस् । जब यसलाई स्टार्ट गर्नुहुन्छ तपाईंले मेनुबारमा आइकन देख्नुहुन्छ । फ्यान्नी नोटिफिकेसन सेन्टर विडगेटमा बस्छ ।

तर जब तपाईं तापमान चेक गर्न चाहनुहुन्छ तब प्रत्येक पटक तपाईंले स्लाइड आउट गर्नुपर्दछ । यसको सट्टा तपाई फ्यान्नी आइकनलाई तापमान डिस्पलेमा परिवर्तन गर्नुहोस् । 

यसका लागि फ्यान्नीको मेनुबार आइकनमा क्लिक गर्नुहोस् र एपको सेटिङलाई मिलाउन प्रिफरेन्स चयन गर्नुहोस् । अब मेनुबार सेटिङलाई सीपीयू टेम्प्रेचरमा परिवर्तन गर्नुहोस् ।

त्यसपछि तपाईंले आइकन डिग्री सेल्सियसको भ्यालुमा परिवर्तन भएको देख्नुहुनेछ । यसरी काम गरिरहँदा पनि तपाईले सीपीयू तापमानलाई निगरानी गर्न सक्नुहुन्छ । 

कति तापमान अधिकतम हुन्छ ?

जब तपाईंको सीपीयू एकदमै धेरै तातिन्छ तब तपाईंको पुरै कम्प्युटरको पर्फमेन्स नै डाउन हुन्छ । तपाईले गरिरहेको काम पनि एकदमै सुस्त हुन्छ । तपाईंको कम्प्युटरभित्र फ्यान एकदमै उच्च गतिमा चल्न थाल्छ र हल्ला पनि धेरै गर्दछ । लामो समयसम्म तापमान धेरै रहिरहे तपाईंको सीपीयूको आयु पनि घट्ने छ । 

तपाईंको सीपीयू तात्ने कुरा तपाईंको डिभाइसमा पनि निर्भर हुन्छ । यदि ल्यापटप हलुका र पातलो छ र यसमा एकदमै शक्तिशाली सीपीयू प्रयोग भएको छ, जसमा हावाको प्रवाह पनि एकदमै कम हुन्छ भने एउटै काम गर्दा पनि यो कम क्षमताको सीपीयू भएको कम्प्युटरभन्दा धेरै छिटो तातिन्छ ।

यस्तो बेलामा ७० डिग्रीमा रन भएको सीपीयू र ४० डिग्रीमा रन भएको सीपीयू उस्तै हुन्छन् । तपाईको सीपीयूमा एउटा अधिकतम थ्रेसहोल्ड हुन्छ, जहाँ एउटा निश्चित तापमानभन्दा त्योमाथि जान मान्दैन । यसलाई म्याक्सिमम टेम्प्रेचर जंक्सन अर्थात् टीजे म्याक्स भनिन्छ । यो सीपीयू अनुसार फरक हुन्छ ।

तर अधिकांश चिपमा यो ९५ डिग्री सेल्सियसदेखि १०५ डिग्री सेल्सियसको बीचमा बस्दछ । यस्तो अवस्थामा तपाई डिभाइस धेरै तातिरहेको छ भने अधिकतम तापमानबाट बच्न तपाईंको कम्प्युटर आफै सटडाउन हुन्छ । 

यदि तपाईंको कम्प्युटर एकदमै धेरै तातिरहेको छ भने केही विकल्पहरु छन् । सबैभन्दा पहिले कम्प्युटर खोल्नुहोस् ।

एयर ब्लोअरको मद्दतले त्यसभित्र रहेका फोहोर मैलाहरु फ्याक्नुहोस् । तपाईंले आफ्नो सीपीयूको फ्यानलाई उच्च गतिमा घुम्न दिएर त्यसको स्वभावको सेटिङ पनि मिलाउन सक्नुहुन्छ । 

यदि तपाईं तात्ने समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ तर तपाईंको ल्यापटप पुरानो छ भने थर्मल पेस्टले तापमान घटाउन मद्दत गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०