close

फेसबुकले ५० देशमा सार्वजनिक गर्‍यो डेटिङ एप

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ १२:२९

फेसबुकले ५० देशमा सार्वजनिक गर्‍यो डेटिङ एप

काठमाडौं । फेसबुकले आफ्नो डेटिङ एप ल्याएको छ । कम्पनीले आफ्नो नयाँ डेटिङ एपलाई युरोपमा सार्वजनिक गरेको हो । 

फेसबुकको यो नयाँ एपले टिन्डर, ओकेकुपिड र ह्यापन जस्ता एपहरुसँग प्रतिस्पर्धा गर्नेछ । द भर्जका अनुसार फेसबुक डेटिङ एपलाई युरपका लगभग ५० वटा देशमा सार्वजनिक गरिएको छ । 

कम्पनीले यो डेटिङ एपलाई यसै वर्षको १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको दिन सार्वजनिक गर्न चाहेको थियाे । तर कोरोना भाइरसको महामारीका कारण एपको लञ्चिङमा ढिलाइ भएको हो ।

फेसबुक डेटिङ एप यसअघि नै अमेरिकामा सार्वजनिक गरिएको थियो । 

के छ यसमा ?

प्राप्त जानकारीका अनुसार फेसबुक डेटिङ एपमा प्रयोगकर्ताको रुचिअनुसार म्याचिङ गराइन्छ । प्रयोगकर्तालाई उचित म्याच सुझाउनका लागि फेसबुकका एक्टिभ तथा रुचिकर र अरुचिकरलाई उपयोग गरिनेछ । 

फेसबुकको डेटिङ एप केवल मोबाइल भर्सनमा मात्रै उपलब्ध हुनेछ । प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम र फेसबुकको फोटो समेत आफ्नो प्रोफाइल वा टाइमलाइनमा प्रयोग गर्न सक्नेछन् । 

प्रयोगकर्ताले आफ्नो डेटलाई इम्प्रेस गर्नका लागि इन्स्टाग्राम स्टोरीलाई समेत प्रयोग गर्न सक्नेछन् । यसबाहेक फेसबुक डेटिङमा म्यासेञ्जर जस्तै एउटा फिचर हुनेछ, जसको प्रयोग च्याटिङका लागि हुनेछ । 

एप एन्नीको हालैको रिपोर्ट अनुसार विश्वभरमा सबैभन्दा धेरै रकम डेटिङ एपमा खर्च हुने गर्दछ । प्रयोगकर्ताहरु यी एपमा पैसा खर्च गर्न कुनै कञ्जुस्याई गर्दैनन् ।

फेसबुकको यही सेग्मेन्टमा बढी ध्यान छ । प्रयोगकर्ता र आम्दानी बढाउने योजना अनुसार फेसबुकले यो एप सार्वजनिक गरेको हो । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०