close

के फोनमा र्‍याम बढाउन सकिन्छ ?

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ १३:५९

के फोनमा र्‍याम बढाउन सकिन्छ ?

काठमाडौं । धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको मुख्य समस्य भनेकै र्‍यामसँग जोडिएको हुन्छ । र्‍याम कम छ, गेम राम्रोसँग चलेन, एप चल्न सकेन, फाेन सुस्त भयाे, आदि आदि ।

यस्तै समस्या अधिकांशको मुखबाट सुनिन्छ । यसैले मान्छेहरु र्‍याम बढाउने तरिका खोजिरहेका हुन्छन् । वास्तवमा सैद्धान्तिक रुपमा तपाईंले फोनको र्‍याम बढाउन सक्नुहुन्छ, तर व्यवहारत: यो सम्भव छैन ।

र्‍याम तपाईंको डिभाइसमा भएको फास्टेस्ट मेमोरी हो । कुनै पनि डेटालाई आदानप्रदान गर्ने क्षमता र्‍याममा हार्ड ड्राइभ, इन्टरनल स्टोरेज र मेमोरी कार्डको तुलनामा एकदमै धेरै हुन्छ ।

तपाईंको फोनमा जति पनि एप्लिकेसन चल्छन् र जति पनि टेम्पोररी डेटा हुन्छन् ती सबै तपाईंको र्‍याममा स्टोर भएर बस्ने गर्छन् । फोनको र्‍याम र प्रोसेसरले सँगै काम गर्छन् ।

मानिसहरु प्रोसेसरले र्‍यामको कमीलाई पुरा गर्ने विश्वास गर्छन्, तर यो झुठो हो । यी दुवैले परस्परमा काम गर्दछन् । तपाईंको प्रोसेसर जति सुकै बलियो भएपनि र्‍यामको क्षमता कम छ भने डिभाइसले राम्रो काम गर्न सक्दैन । र्‍यामले सुस्त गतिमा डेटा दिएपनि प्रोसेसरले पनि सुस्त गतिमै डेटा प्रोसेस गर्दछ ।

आफ्नो फोनमा भएको र्‍यामको कमीलाई पुरा गर्न मान्छेहरु आफूले र्‍याम बढाएको दाबी गर्छन् । यसका लागि उनीहरु मोबाइलमा भएको रुट एक्सेसबाट फोनलाई रुटिङ गर्दछन् ।

त्यसपश्चात र्‍याम एक्सपान्डर जस्ता एप्लिकेसनको प्रयोग गरी मेमोरी कार्डको केही स्टोरेजलाई र्‍यामको कामको लागि प्रयोग गर्दछन् ।

वा इन्टरनल मेमोरीको केही स्टोरेजलाई र्‍यामको रुपमा लिने गर्दछन् । यसरी उनीहरुले सैद्धान्तिक रुपमा र्‍याम त तयार गर्दछन्, तर यसले उनीहरुको सिस्टमलाई अझ धेरै बिगार्ने काम गर्दछ । 

यसको कारण भनेको तपाईंको फोनमा भएको ओरिजिनल र्‍याम तीव्र स्पिडको हुन्छ । तर तपाईंले बनाउनु भएको स्टोरेजको र्‍याम भने सुस्त गतिको हुन्छ ।

यसरी स्पिड नमिल्दा तपाईंको मोबाइलमा भएको डेटा रिड राइड भइरहन्छ । यसले इन्टर्नल स्टोरेजलाई पनि खराब बनाइदिन्छ । 

यसकारण यदि तपाईंको फोनमा र्‍याम कम छ भने एकदमै कम एप्लिकेसन प्रयोग गर्नु होस् र फोनलाई सधै क्लिन राख्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०