close

तपाईंका हरेक हर्कतमा गुगलले राख्छ नजरसँगै नियन्त्रण

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ १५:१६

तपाईंका हरेक हर्कतमा गुगलले राख्छ नजरसँगै नियन्त्रण

काठमाडौं । २० वर्ष अगाडिको कुरा हो । जब कसैले कम्प्युटर ब्राउजरमा गुगल डटकम पहिलो पटक टाइप गरेको थियो । पेज लोड भइसकेपछि एउटा सर्च बार र बटन आउँथ्यो । 

आवश्यक कुरा टाइप गरी सर्च बटनमा क्लिक गर्नुपर्ने हुनथ्यो । अनि त्यस तल सम्बन्धित अनेकौं रिजल्ट देखा पर्दथे । त्यसमा आफूलाई आवश्यक भएको लिङ्क पनि हुने गर्दथ्यो । 

गुगलको यो त्यो समय थियो, जब उसले अल्टाविस्टा, याहु र लाइकोस जस्ता सर्च इन्जिनसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । यसो भन्नु पनि अतिशयोक्ति नहोला कि गुगल त्यतिखेर आफ्नो पहिचान बनाउने कोसिसमा जुटेको थियो ।

गुगल छिटो र सटिक सर्चिङको ताकतमा लगातार अगाडि बढ्दै गयो । हुँदा हुँदै २० वर्षपछि आजको समयसम्म आइपुग्दा पुरा कहानी नै बदलियो । 

सर्च इन्जिनको ताज त गुगलले पहिरियो नै । अब यसलाई प्रयोग गर्ने धेरैजसो मानिसहरु उसैको नियन्त्रणमा पुगे । किन यसो भनिँदैछ भने गुगलको प्रविधिले आम मानिसको जीवनलाई पूर्ण रुपमा बदलिदिएको छ । 

जसले केवल एउटा जिमेल अकाउन्टबाट तपाईंको रुचि, अरुची, सुत्ने-उठ्ने समयदेखि खानपिनको बानी व्यवहारसम्म तपाईंका खर्च सबैसँग जोडिएका जानकारी राख्छ । पक्कै पनि तपाईंको साथमा एन्ड्रोइड स्मार्टफोन छ । त्यसो हो भने फोनमा भएका एप एक्सेस गर्नका लागि जिमेल अकाउन्ट त जरुरी नै हुन्छ । 

तपाईंको यही अकाउन्ट जिमेल सहित प्ले स्टोर, युट्युव, म्याप, फोटोज, क्यालेन्डर, कन्ट्याक्ट जस्ता गुगलका सबै एपहरुमा काम गर्दछ । तपाईंको यही आईडीबाट गुगलले तपाईंलाई ट्र्याक गर्न सुरु गर्दछ । 

त्यसो त हालका दिनहरुमा धेरैजसो प्रविधि कम्पनीहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरिरहेका छन् । यो यस्तो प्रविधि हो, जसले प्रयोगकर्ताका गतिविधिलाई फरक फरक प्लेटफर्ममा ट्र्याक गर्दछ । 

अनि सम्बन्धित प्रयोगकर्ताको रुचि वा अरुचिको डेटा तयार पार्दछ । यो कुरालाई सजिलो गरी बुझ्न एउटा उदाहरण लिउँ । मानौं कुनै प्रयोगकर्ताले [email protected] नामक एउटा आईडीबाट फोनमा लगईन गर्‍यो । 

अब उ युट्युव हेर्छ । त्यसमा उसले कुन भिडियो हेर्‍यो, कति समयसम्म हेर्‍यो, कुन भिडियो चाँडै बन्द गर्‍यो आदि जस्ता उक्त आईडीका सबै एक्टिभिटी ट्र्याक गरिन्छ ।

जब [email protected] आईडीबाट कुनै फोन वा कम्प्युटरमा लगईन हुन्छ, त्यसमा उसको रुचिको भिडियो युट्युवमा देखिन थाल्छ । यो केवल उदाहरण मात्र नभएर तपाईंको वास्तविक भोगाई नै हो । 

तपाईं कहाँ गइरहनु भएको छ, गुगललाई हुन्छ थाहा

युट्युवमा जस्तै गुगल म्यापको सहयोगमा [email protected] आईडी भएको प्रयोगकर्ता यताउता आवत जावत गरिरहेको हुन्छ । त्यस्तोमा गुगलसँग यो जानकारी पनि रहन्छ । 

जस्तो महिनाभर प्रयोगकर्ता कुन होटेलमा गयो, कुन पसलमा गयो, कहाँ फिल्म हेर्‍यो, कहाँ कहाँको यात्रामा निस्कियो, आदि जस्ता कयौं जानकारी गुगलले एआईको सहयोगमा संकलन गरेर राख्दछ । 

तपाईंको वालमा कसरी आउँछ विज्ञापन ?

तपाईंले ख्याल गर्नु भएको छ भने जब कुनै ईकमर्स वेबसाइटमा गएर कुनै सामग्री हेर्नुहुन्छ, त्यस्तोमा अर्को वेबसाइट समेत देखिन थाल्छ । यो पनि तपाईंको गतिविधिकै हिस्सा हो । 

जब तपाईंलाई कुनै प्रडक्ट बारम्बार देखाइन्छ, तब हुन सक्छ कि तपाईं त्यसलाई खरिद गर्ने सोच बनाउन सक्नुहुन्छ । जिमेल भित्रको माई गुगल एक्टिभिटीमा तपाईंका अनेकौं गतिविधिका हिस्ट्री हेर्न सक्नुहुन्छ । 

तपाईंले कुन भिडियो हेर्नु भयो, कुन समाचार पढ्नु भयो, गुगलमा के सर्च गर्नुभयो, कुन एप डाउनलोड गर्नु भयो आदि जानकारी त्यसमा हेर्न सकिन्छ । 

गुगलसँगै छ तपाईंको फोनको सबै हिसाबकिताब

अहिले बजारमा एन्ड्रोइडको बजार हिस्सा ९५ प्रतिशतभन्दा माथि छ । बाँकी आईओएसको छ । यस हिसाबले धेरैजसो प्रयोगकर्ताले एन्ड्रोइड स्मार्टफोन प्रयोग गरिरहेका छन् । 

एन्ड्रोइड ओएस समेत गुगलकै उत्पादन हो । यस्तोमा तपाईंको स्मार्टफोनसँग जोडिएका हरेक गतिविधिमा गुगलको नजर हुन्छ । जस्तो कि माथि बताइए जस्तै गुगलका सबै एप तपाईंको जिमेल आईडीसँग जोडिएका हुन्छन् । तपाईंको फोनको कन्ट्याक्ट लिस्ट पनि जिमेल अकाउन्टसँग जोडिएको हुन्छ । 

यानि कि तपाईंको फोको हरेक फोन नम्बर गुगलसँग हुन्छन् । ठीक त्यसैगरी तपाईंको फोनमा रहेका भिडियो तथा फोटो पनि गुगलसँगै हुन पुग्छन् । गुगल यी सबै सामग्रीलाई आफ्नो क्लाउड स्टोरेज अर्थात गुगल ड्राइभमा सेभ गरेर राख्दछ । 

व्यक्तिगत सहयोगीको रुपमा जानकारी संकलन गर्छ गुगल

पछिल्लो समय धेरैजसो एन्ड्रोइड प्रयोगकर्ताले गुगल असिस्टेन्सको प्रयोग गर्न थालेका छन् । यो फिचर प्रयोग गरी भ्वाइस कमान्डको वा टेक्स्टको माध्यमबाट गर्न सकिन्छ । 

अर्थात आवाजबाटै तपाईं कुनै कुरा सर्च गर्न सक्नुहुन्छ । यसरी तपाईंले गरेका हरेक भ्वाइस कमान्ड गुगलमा सेभ भइरहेका हुन्छन् । 

तपाईं गुगल असिस्टेन्टलाई कमान्ड दिएर के सर्च गर्दै हुनुहुन्छ र तपाईंले त्यसलाई कुन जानकारी याद गर्न लगाउनु भयो, यी सबै कुरा यसमा सेभ भएर बस्दछन् ।

यस्तोमा सम्झिनुहोस् कि कुनै गुगल असिस्टेन्ट फिचर प्रयोग गरिरहेको छ भने उसले आफ्ना कतिपय महत्वपूर्ण कुरा याद गर्न लगाइरहेको हुन सक्छ । वा ससाना रिमाइन्डर पनि याद गर्न र सम्झाउन लगाउन सकिन्छ । 

बैंक खातामा समेत छ पहुँच

गुगलको गुगल पे एप पनि छ । यद्यपी नेपालमा यो त्यति प्रयोगमा त छैन । तर जसले यो एप प्रयोग गरिरहेको छ, एसको बैंक अकाउन्टसम्म गुगलको पहुँच बनिसकेको छ । 

जब तपाईं गुगल एपबाट कुनै कारोबार गर्नुहुन्छ, त्यसको सबै डिटेल गुगलसँग हुने गर्दछ । भलै गुगल पे सुरक्षित होला । तर तपाईंको खर्च र बैंक ब्यालेन्सको जानकारी कम्पनीसँग हुन पुग्छ । 

यदि तपाईंले आफ्नो क्रेडिट कार्ड बिल, बिजुलीको बिल, डीटीएचको बिल वा अन्य कुनै बिलको भुक्तानी एकपटक गुगल पेबाट गर्नु भयो भने गुगलले हरेक समय त्यसको रिमाइन्डर दिलाउने गर्दछ । 

तपाईंको भिडियो र म्युजिकमा पनि छ उसकै नियन्त्रण

गुगलले भिडियो हेर्न र म्युजिक सुन्नका लागि समेत एप बनाएको छ । यस्तोमा तपाईं कयौं समय यी एपको प्रयोग गर्नुहुन्छ । यस्तोमा तपाईंको मनोरन्जन सम्बन्धी रुचिको विषय समेत गुगललाई थाहा हुने गर्दछ । 

युट्युव अहिलेको सबैभन्दा ठूलो भिडियो होस्टिङ प्लेटफर्म हो । जसमा लगभग प्रयोगकर्ताले दैनिक औषत २५ देखि २७ मिनेट भिडियो हेर्ने गर्दछन् । गुगलका अनुसार उसको युट्युव टिभीमा गत वर्ष मात्रै २० लाखभन्दा बढी प्रयोगकर्ता थपिएका थिए । 

तपाईंको च्याट पनि छैन गोप्य

कार्यालयसँग जोडिएका हरेक व्यक्तिले गुगल च्याट, ह्याङ आउट, म्यासेजेज, मिटको प्रयोग गरिरहेका हुन्छन् । गुगलमा तपाईंका च्याट सधैंका लागि सेभ भएर बस्दछन् । 

यदि तपाईं यी म्यासेज आफ्नोतर्फबाट डिलिट गर्नु हुन्छ भने पनि अर्कोतर्फको प्रयोगकर्तासँग सेभ भइराखेकै हुन्छन् । अर्को तर्फको प्रयोगकर्तालाई समेत डिलिट गर्न लगाउनु भयो भने पनि गुगलसँग त्यो जानकारी सुरक्षित रहने गर्दछ । 

गुगल शिट र मिटको गतिविधिको रेकर्ड

गुगलले अनलाइन शिटमार्फत माइक्रोसफ्टको अफिसको काम तमाम गरिदिएको छ । अनलाइन शिटमा तपाईं जुनसुकै काम गर्नुहुन्छ, त्यो क्लाउडमा सेभ भएर बस्दछ । 

त्यसपछि उक्त शिटलाई तपाईं जहिलेसुकै जहाँ पनि खोल्न सक्नुहुन्छ । अर्थात तपाईंको शिटमा जे काम गर्नुभयो, उसको जानकारी सोझो रुपमा गुगलमा पुग्ने गर्दछ । 

गुगल मिटको सहयोगमा तपाईं आफ्नो कतिपय साथी, सहकर्मी वा अन्य व्यक्तिसँग कलमा जोडिन सक्नुहुन्छ । तर तपाईंले गर्ने यी सबै कुराकानी पनि गुगलसँगै हुने गर्दछन् । 

गुगलले तपाईंमाथि थोपर्न सक्छ आफ्नो इच्छा

गुगल प्ले स्टोरमा गुगलकै १३५ भन्दा बढी एप रहेका छन् । यसमा रहेका ५० भन्दा बढी एप धेरैजसो प्रयोगकर्ताले चलाइरहेका छन् । धेरैजसो एप त गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमकै हिस्साको रुपमा रहेका हुन्छन् । 

साथै कतिपय एप प्रयोगकर्ता आफ्नो आवश्यकता अनुसार फोनमा इन्स्टल गर्दछन् । किनकि गुगलसँग तपाईंको रुचिसँग जोडिएका हरेक डिटेल हुने गर्दछ ।

यस्तोमा गुगलले तपाईंको रुचिको विषय वा सामग्री देखाउने गर्दछ । तर उसँग यस्तो नियन्त्रण बनिसकेको छ कि जसले तपाईंमाथि कुनै चिज थोपार्न समेत सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०